४ नं। प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ५ वैशाख l

नवलपरासी(बर्दघाट सुस्ता पूर्व) सवारी दुर्घटना
मिति २०७५।०१।०५ गते नवलपरासीको(बर्दघाट सुस्ता पुर्व) देबचुलि १४ प्रगतिचोकमा पुर्बबाट पस्चिम तर्फ आउँदै गरेको लु १ ख ८१५२ नम्बरको ट्क को लाइट सर्ट भइ रोकि राखेको अवस्थामा सोहिदिशा बाट आउदै गरेको ग१३प ५०० नम्बरको स्कुटि अचानक पछाडिबाट ठोकिन जाँदा स्कुटिमा सवार चालक जिल्ला तनहु ब्यास नगरपालिका बस्ने वर्ष २२ को बादल घले गुरुङ घाइते भई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

गोरखा  सवारी दुर्घटना
मिति २०७५।०१।०४ गते अन्दाजी १६स्०० बजेको समयमा जिल्ला गोरखा गोरखा नगरपालिका वडा न। ११स्थित बाह्रकिलो स्वास्थ्य चौकी अगाडि गोरखाबाट आबुखैरेनि तर्फ जांदै गरेको ग १ ख ६३६० नम्बरको को मिनि ट्कले जिल्ला लम्जुङ बेशीशहर ९ घर भई हाल गोरखा नगरपालिका ११ स्थितमा लेबर काम गर्ने पैदल यात्री वर्ष ३४ को पवन बि।क।लाई ठक्कर दिई घाईते भएकोमा उपचारको लागि पोखरा स्थित चरक अस्पतालमा पठाईएको छ । उक्त घटनाका विषयमा आज मिति २०७५।०१।०५ गते बिहान अन्दाजी ०७:३० बजे खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई जिल्ला प्रहरी कार्यालय चितवनसँग समवन्य गरि चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

बागलुङ  आगोलागी
मिति २०७५।०१।०४ गते जिल्ला बागलुङ बडिगार्ड गाउँपालिका १ दगातुनडाँडा बस्ने रन बहादुर गिरीको घरमा अचानक आगोलागी भई घरमा रहेका लत्ता कपडा अन्नपात लगायत घर पुर्ण रुपमा जली नष्ट भएको छ । आगो रातको १२:३० बजे स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिईएको छ । उक्त विषयमा आज ७स्०० बजे खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँ  भिरबाट हामफालि घाईते
मिति २०७५।०१।०५ गते १३:३० बजेको समयमा हेटौडा घर भई हाल जिल्ला तनहुँ शुक्ला गण्डकी न।पा। ५ बेलचौतारा डेरा गरी बस्ने वर्ष अंन्दाजी २०।२२ को श्याम पौडेल सोहि ठाउमा रहेको भीरबाट १०० फिट तल हामफाली घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घाईतेलाई उद्दार गरी तत्काल उपचारको लागी एम्बुलेन्सद्धारा पोखरा पठाईएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top