दोस्रो सेभेन ए साईड भिमकाली कप–२०७५ बैशाखको तेस्रो साता

पोखरा, ३ बैशाख । “स्वास्थ्यका लागी खेलकुद, खेलकुदकालागीभिमकालीयुवाक्लब”भन्ने उद्घोषका साथबैशाखको तेस्रो साता देखीदोस्रो सेभेन ए साईड भिमकालीकप–२०७५को आयोजनाहुने भएको छ । पोखरा लेखनाथमहानगरपालिका वडा नं १ बगरमाक्रियाशिलरहेको भिमकालीयुवाक्लबकोआयोजनामा बैशाखको १६ देखी २२ गते सम्मदोस्रो सेभेन ए साईड भिमकालीकप –२०७५ हुनलागेको प्रतियोगिताका संयोजक ईश्वर गुरुङ (चन्द्र) ले जानकारी दिए ।

उनकाअनुसार बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १ लाख २५ हजार प्राप्तगर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु७५ हजार हातपार्नेछ । गुरुङले प्रतियोगितामाबिद्यागत पुरस्कारको ब्यबस्था रहेको जानकारी दिदैउत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार सहितएक थान डिस होम सेट प्रदानगर्ने बताए ।

त्यसैगरीसर्बाधिकगोलकर्ता,उत्कृष्टकिपर,उत्कृष्टडिफेण्डर, उत्कृष्टमिड फिल्डर, उत्कृष्टस्टाईकर र उत्कृष्ट कोचलाई जनही ५ हजार रुपैयाको साथमाआकर्षक गिफ्ट ह्याम्पर प्रदानगरिनेआर्थिक संयोजकअनिश गुरुङले बताए । उनकाअनुसारप्रतियोगितामा सहभागी टिमहरु मध्येबाट एक अनुशासित टिमलाई शिल्ड तथा प्रमाणपत्रले पुरस्कृत गरिनेछ । गुरुङले प्रतियोगितालाई भब्य रुपमा सम्पन्नगर्नकालागीकोरिया, जापान, बेलायत, फ्रान्स, हङकङ, अष्ट्रेलिया, पोर्चुगल, अमेरिकातथा बहराईन लगायतका देशमा रहेकाक्लबकापूर्ब सदस्याहरुले आर्थिक सहयोग गरेको बताए ।

पोखरा लेखनाथमहानगरपालिका वडा नं १ पुरानो टुडिखेल मैदानमा सञ्चालनहुने प्रतियोगितामाटिम दर्ता शुल्करु ६ हजार निर्धारण गरेकोछ भने अनुमानित४० भन्दा बढि टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित