आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

काठमाडौं, ३ वैशाख । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइन्छ ।

मातातीर्थ औंसीका दिन जीवित आमालाई मिठा परिकार र नयाँ बस्त्र उपहार दिएर सम्मान गरिन्छ भने दिवंगत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्य पर्व मानिन्छ ।

आज काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा मेला लागेको छ । त्यहाँ आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ । बौद्ध धर्मावलम्बी समेत मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित