चारजना भारतीय बालिका घरबाट भागेर अनमोललाई भेट्न काठमाण्डौ आएपछि

काठमाडौं, २ वैशाख l तपाईलाई मन पर्ने कलाकार को हो ? तपाईलाई कुन कलकारलाई भेट्न पाए जस्तो हुन्छ ? तपाई सेलिब्रटिलाई भेट्न भनेरै घर नै छाडेर भाग्नुहुन्छ त ? तर चारजना भारतीय बालिका अनमोललाई भेट्न भनेर काठमाण्डौ आएको बुझिएको छ ।

नेपाली नायक अनमोल केसीलाई भेट्न भन्दै घरबाट भागेर आएका चार जना भारतीय बालिका काठमाडौंमा भेटिएपछि अब भारतीयहरु पनि नेपाली कलाकारलाई भेट्न घरबाट भाग्न थालेका छन् भन्ने पुष्टि भएको छ ।

अनमोललाई नै भेट्न भनी भारत बाटै भागेर आएका १४ वर्ष मुनिका ४ जना किशोरीलाई माइती नेपालले काठमाडौंको कोटेश्वरबाट उद्धार गरेको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए । अनमोल केसीलाई भेट्न घरबाट भागेर काठमाडौं अलपत्र परेपछि भारत कालिङपोङमा रहेको परिवारलाई खबर गरेका थिए । ति बालिकाहरु अहिने माईती नेपालकै संरक्षणमा राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित