धम्पुस लालीगुराँस महोत्सवको तयारि पुरा

पोखरा, २ वैशाख l  गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५ को तयारि पुरा भएको छ । “धम्पुस लालीगुँरास महोत्सव हाम्रो पहिचान, आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव वैशाख ४ गतेदेखि ८ गते सम्म धम्पुसको पृथ्वीनारायण माविको प्राङगणमा हुने धम्पुसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

अनुमानित ८० हजार भन्दा बढि दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको महोत्सवमा मेला अवधि भर दर्शकहरुको सहजताका लागि पोखराको हरिचोक बाट धम्पुस सम्म आउने जाने यातायाको व्यबस्था मिलाईएको छ । बास बस्ने पाहुना तथा दर्शकहरुका लागि होटेल र होम स्टेको व्यबस्था रहेको समेत जानकारी दिएको छ । महोत्सव अवलोकनका लागि टिकट २५ रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिकहरुले निशुल्क मेला अवलोकन गर्न सक्नेछन् ।

यस्तै सांस्कृतिक भेषभुषाको संरक्षण गर्ने, कृषी कार्यक्रममा कृषकहरुको पहुँच वृद्धि गरि बजारको विस्तार गर्ने, कला तथा हस्तकलाको विकास तथा बजारीकरण र साँस्कृतिक कार्यक्रमहरुको पहुँच अभिवृद्धि गर्ने लगायतका लक्ष्य तथा उद्देश्यहरु राखिएका अध्यक्ष असिम गुरुङ्ले बताए । २५ लाख खर्च लाग्ने उक्त मेला बाट प्राप्त आम्दानीले गाउँमा एन्टी ड्रक्स सम्बन्धि सामाजिक चेतना मुलक कार्यक्रमको आयोजना गर्ने समेत अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

महोत्सवको मुख्य आकर्षणमा पुरुष तथा महिला भलिवल प्रतियोगीता, खुल्ला लोकदोहोरी गीत प्रतियोगीता, माछापुच्छ्रे गाँउपालिका अन्तर वडा झाँकी प्रतियोगीता, कृषी तथा हस्तकला प्रदर्शनी, छेलो प्रतियोगीता, रस्साकस्सी प्रतियोगीता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती र लाईभ कन्सर्ट लगायत रहेका छन् । पुरुष भलिबल प्रतियोगीताको विजेतालाई रु।१ लाख तथा महिला भलिवल प्रतियोगीताको विजेतालाई नगद रु।४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित