महिला भलिबल प्रतियोगिता !

पश्चिम लमजुङको करापुटारस्थित इशानेश्वर ९सन्तानेश्वर० महादेव मन्दिरमा शिवरात्रिका दिन दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भीड लाग्यो । हजारौँ भक्तजनले दूध चढाए भने ठाडो बत्ती बाले ।

अघिल्लो दिनबाट निराहार ब्रत बसी शिवरात्रिको दिन रातभर उठेर बत्ती बाल्दा मनले चिताएको पुग्ने र सन्तान प्राप्ति गर्ने विश्वास छ । भक्तजनले बेलुकी ६ बजेबाट बिहान ६ बजेसम्म उठेर बत्ति बालेका थिए । लमजुङको मध्यनेपाल नगरपालिका –७ मा रहेको करापुटार इशानेश्वर महादेव मन्दिर शिवरात्रिको दिन काठमाडौंको पशुपतिनाथपछि धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थलको रूपमा परिचित छ ।

यहि शिवरात्रिको अवसर पारेर करापुटार क्लबले भलिबलको खेलको आयोजना गरेको थियो । भलिबल खेलको केहि झलकहरु हामीले हाम्रो क्यामरामा कैद गरेका थियौ ।

भलिबल खेलको भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित