भुमेश्वरी गेष्ट हाउसमा युवती हत्या लगत्तै भागेर भारत पुगेका रियाना पक्राउ

काठमाडौं, २ बैशाख । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका युवकले नै उनको हत्या गरेको खुलेको छ । हत्या गर्ने सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेका छन् । उनले गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेका थिए । हत्या लगत्तै उनी भागेर भारत पुगेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो ।


उनको मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा शव भेटिएको थियो । लगत्तै, महानगरीय प्रहरी प्रभाग, बसपार्क र महानगरीय अपराध मशाखाको टोली घटनास्थल पुगेको थियो । युवतीसँगै राति गेष्ट हाउसमा गएका शर्माले होटलको आगन्तुक पुस्तिकामा भने घर दाङ घोराही नगरपालिका–१, वर्ष २६ र नाम विकास वली लेखेका थिए ।

उनीहरु राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् । घटना बारे विस्तृत विवरण सार्वजनिक गर्न काठमाडौं प्रहरी परिसरले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top