कास्की गगनगौंडामा जीप दुर्घटना हुँदा उपमेयरसहित ४ जना घाइते

पोखरा, २ वैशाख। कास्कीको पोखरा लेखनाथ महानगरपालिका-३२ तल्लो गगनगौंडामा शनिबार जीप दुर्घटना हुँदा उपमेयरसहित ४ जना घाइते भएका छन् । काठमाडौँबाट पर्वततर्फ फर्किँदै गरेको ना ४ च ५०५४ नम्बरको जिप दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले घाइते भएकी हुन् । प्रहरीका अनुसार, उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री पनि घाइते भएका छन् ।


काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जिपलाई पोखराबाट दुलेगौडाका लागि छुटेको ना २ ख ९७८९ नम्बरको ट्रकले शनिबार ठक्कर दिएको थियो । प्रहरीका अनुसार, ठक्करबाट उपप्रमुख लगायत यात्रु सवार जिप सडकमा पल्टिएको थियाे । घाइतेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले जिप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

 

source:onlinekhabar

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top