सिरियामाथिको हमलापछि अमेरिकी राष्ट्रपति ट्रम्पले लेखे यस्तो स्टाटस !! “भिडियो”

शनिबार भएको सिरियामाथिको आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । आक्रमण भएको केही घण्टापछि ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो मिसन पूरा भएको बताएका हुन् ।
उनले आफ्नो सेनाप्रति गर्ब समेत गरेका छन् । राष्ट्रपति ट्रम्पले आफुहरुलाई साथ दिने बेलायत र फ्रान्सलाई समेत धन्यवाद दिएका छन् ।

उनले भनेका छन्ः ‘गएको रात एउटा सफल हमला भएको छ, फ्रान्स र ब्रिटेनले बुद्धि पुर्याएका छन् र ती देशका सेनाले देखाएको सानदार शक्ति प्रदर्शनप्रति धन्यवाद दिन्छु, हाम्रो मिसन पूरा भएको छ ।’ उनले लेखेका छन्ः ‘हाम्रो महान सेनाप्रति म गर्ब गर्छु, जो करोडौं डलर खर्चिएर इतिहासकै सबैभन्दा शक्तिशाली सेना बनेको छ, उसको वरिपरि अब कोही हुनेछैन ।’

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top