fbpx

युनाइटेड क्लबद्धारा दृष्टीविहीनहरुलाई सेतो छडी वितरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । युनाइटेड क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित साता ब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार १२ जना दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको हो ।

सो अवसरमा सेतो छडी वितरण गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी बिकृति रहित समाज र सामाजिक काममा लागेको सवैलाई सर्वविविद रहेको र नेपाली नयाँ वर्षको दिनमा दृष्टी क्षमता कम भएकाहरुलाई सहयोग स्वरुप सेतो छडी वितरण गरी रचनात्मक कामको सुरुवात गरेको वताउदै युनाइटेड क्लवको हरेक क्रियाकलापमा पोखरा महानगरपालिका र आफ्नो वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

त्यस्तै अपांगतामैत्री समाज कास्कीका अध्यक्ष शान्त बहादुर परियारले कोरोना महामारीका कारण लकडाउको समय वा अन्य अवस्थामा समेत आफ्नो संस्थालाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लबले नेपाली नयाँवर्षको अवसरमा आफ्नो समाजमा आवद्ध दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयाे । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी राष्ट्रकै उत्कृष्ट क्लब सावित भएको आफ्नो संस्थाले महसुस गरेको उहाँको भनाइ रहेको थियो ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष वैशाख ७ गते वार्षिकोत्सव मनाउदा साताब्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यो वर्षपनि १३ औं वार्षिकोत्सवको अवसर पारी साताब्यापी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, अपांगता भएकाहरुलाई सहायता सामाग्री बितरण, विभिन्न संघ संस्थालाई खाद्यान्न वितरण, रक्तदान, विद्यालयमा पुस्तकालय निर्माण लगायतका कार्यक्रमहरु गरिने बताउनुभयाे ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको भएतापनि वार्षिकोत्सव विशेषमा समेत सामाजिक कामलाई निरन्तरता दिदै आइरहेको बताउनुभयाे । क्लबका महासचिव दिनेश सुनारका अनुसार १३ औं वर्षिकोत्सव अन्तर्गत वैशाख ६ गते सम्म दैनिक कार्यक्रमहरु हुनेछन ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने