चरक मेमोरियल अस्पताल बाट सिसा फोरेर हाम फालेका गुरुङ उपचारको क्रममा मृत्यु

पोखरा, ३० चैत l पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाईते भएका थिए उनलाई उपचार का लागि मणिपाल अस्पताल लागिएको थियो l अबस्था गम्बिर रहेका युवराज गुरुङ मृत्यु भएको छ ।

लम्जुङ घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ बिहीबार तिन तलामाथी रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए । गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित