गर्मीमा पसिना दुर्गन्ध बाट छुटकारा अपनाउनुहोस् यी उपाय

शरीरमा पसिना आउनु स्वाभाविक हो । अझ गर्मीमा पसिना आउनु त झनै स्वाभाविक हो । पसिना आउनु आफैमा प्राकृतिक हो किनभने गर्मीमा शरीरको तापक्रम नियन्त्रण गर्नका लागि छालाको रोमछिद्रबाट पसिना निस्कने गर्छ । यसले छालालाई चिसो राख्नुका साथै शरीरका विषाक्ततालाई बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले पनि शरीरका लागि पसिना निस्कनु निकै जरुरी छ । यद्यपि धेरै पसिना आउनु भने स्वास्थ्यका लागि पक्कै राम्रो होइन ।

कैयौँ मानिसको शरीरबाट धेरै पसिना बग्छ । पसिनाकै कारण शरीर दुर्गन्धित हुने गर्छ । शरीरबाट दुर्गन्ध आउनु त्यति राम्रो हैन । त्यसैले शरीरबाट धेरै पसिना नआओस् भन्नका लागि यी उपाय अपनाउन सकिन्छ ।

क्याफिनको सेवन नगर्ने

ज्यादा मात्रामा क्याफिनको सेवनले शरीरबाट धेरै पसिना निस्कन्छ । त्यसैले धेरै पसिना आउने व्यक्तिहरूले क्याफिनकेा सेवन सकेसम्म कम गर्नु पर्दछ ।

योग गर्ने

धेरै पसिना आउने व्यक्तिले योग तथा प्राणायाम गर्नु पर्दछ । यसबाट पसिना आउने समस्यालाई प्राकृतिक रूपमै कम गर्न सकिन्छ । योग तथा प्राणायामले शरीरका अंगहरूलाई शान्त राख्छ भने शरीरमा पसिनाको उत्पादन कम हुने गर्दछ ।

मसालेदार खानेकुरा नखाने

मसालेदार खानेकुराको सेवनले शरीरमा पसिनाको निर्माण तीव्र गतिमा हुने गर्दछ । यस्ता खानेकुराले कम समयमा धेरै पसिना निर्माण गर्न सहयोग गर्दछ ।

सुतीको कपडा लगाउने

सुतीकेा कपडाले शरीरको अतिरिक्त पसिनालाई सोस्न मद्दत गर्दछ । यसले पसिना सोस्नेमात्र नभई शरीरको पसिनालाई चाँडै सोस्न समेत मद्दत गर्छ ।

जुस पिउने

गर्मीमा तातो चिसो तथा कफी पिउनुभन्दा चिसो तथा ताजा जुस पिउनु उचित हुन्छ । जुसको सेवनले शरीरको तापक्रमलाई नियन्त्रित राख्छ । जसका कारण शरीरबाट धेरै पसिना बग्दैन ।

नुहाउने पानीमा कागतीको रस हाल्ने

धेरै पसिना आउने समस्या छ भने नुहाउने पानीमा कागतीको रस वा फिटकिरी हालेर नुहाउनुपर्छ । यसले दिनभर ताजा महसुस गराउनुका साथै यसको लगातारको प्रयोगले शरीरबाट निस्कने दुर्गन्ध कम हुने गर्छ । कागती वा फिटकिरी छैन भने डेटोलको पनि प्रयोग गर्न सकिन्छ । यसले पनि गर्मीको मौसममा पसिनाका कारण शरीरमा आउने दुर्गन्धबाट छुट्कारा पाउन सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित