राष्ट्रपति विद्यादेवि भण्डारीलाई प्रदिप देवकोटाको खुल्लापत्र

biddha-bhandari.jpg

सम्माननिय राष्ट्रपती ज्यू ,

नमस्कार,

सर्बप्रथम त हजुर दोश्रो कार्यकालका लागी पुन राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा ढिलैभएपनी बधाई दिन चाहन्छु । गणतन्त्र नेपालमा पहिलो महिला राष्ट्रपति पाउनु हामीले गर्वको कुरा मान्नुपर्छ तर हामीले हजुरबाट जे अपेक्षा राखेका थियौँ, त्यो हजुरले पुरा गर्न सक्नुभएको छैन। पटकपटक मन्त्री हुँदै दोश्रोपटक राष्ट्रपती पनि बन्नुभयो, त्यसैले हजुरलाई मेरो मात्र नभई सारा नेपाली जनताको पहिलो प्रश्न ( राष्ट्रपती जस्तो देशको शर्वोच्च पदमा भएर पनि आफ्नो पति स्व मदन भण्डारीको हत्यारा किन खोज्नुहुन्न रु हत्यारा पत्ता लगाइउन त के, हत्याराको ुहु पनि उच्चारण गर्न नचाहनुको कारण बुझ्न चाहन्छु । नेपालको एक लोकतान्त्रिक आन्दोलनका विशिष्ट सिद्दान्तकार, जनताको बहुदलिय संस्थापक मदन भण्डारीको दासढुङ्गामा सुनियोजित षड्यन्त्रका साथ हत्या गरियो, सारा मुलुक शोकमा डुबेको थियो, जनताहरु स्तब्ध भए, नेपाली धर्ती रोईन, एक राष्ट्रवादी विलय हुँदा कतिले शव नभेटुन्जेल खाना खाएनन त कतिले कपाल पनि खैरिए तर घटनाका दोषीलाई पता लगाएर सझाए दिनु त कता हो कता, घटनामा संलग्न अमर लामालाई समेत केई वर्ष पहिले हत्या गरियो यो कुरा हजुरलाई अवगत नै होला !

सम्माननिय राष्ट्रपति ज्यू हजुर यसरी मौन बस्नुको कारण केहो, हामी जान्न चाहन्छौँ । आफ्नो पतिको हत्यारालाई त पत्ता लगाउन नखोज्नेलाई, हामीले हजुरबाट के अपेक्षा राख्ने रु कसैको त झन वंश नाश भएको छ, त्यो त झन कस्ले खोजोस१ राष्ट्रपति पदमा हजुरले त्यस्तो के राम्रो काम गर्नुभयो र, हजुरको कुन खुबिले फेरि राष्ट्रपतिमा दोहोरिनुभयो १ कि हजुरभन्दा उपर्युक व्यक्ति नभेटेरै हो रु अस्ति स्थानिय तहको निर्वाचनको बेला रेणु दहाललाई गालिगलैज गर्ने देवि ज्ञावलीको छोरो पक्राउ गरेको २४ घण्टा भित्रमै रिहाई गरियो तर हजुरलाई गाली गर्ने सुनार लाई जेल चलान गरियो । हाम्रो कानुन र हजुरको भावना कस्तो भन्नेकुरा यहाँबाटै प्रष्ट देखिन्छ ।

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t34.0-0/p280x280/30007912_2151041285182423_395393079_n.jpg?_nc_cat=0&_nc_eui2=v1%3AAeE-3xWxAi-H3P3iuIO2cHJohAnjRV0YPDZL-3_I6OJ0waYMrDGP2iRSFusOp_Z2WDFXZQiKeIKDo0Cpv8HXYr_WQacZIGwk0O4FN35X-GhWRA&oh=4cddf4605dbe3fb846fa51001cd151e8&oe=5ACACCA3

 

भुकम्प पिडितलाई बेवास्ता गर्दै पशुपतिनाथको मन्दिरमा धनराशि खन्याउँदै रानिपोखरी पुनर्निर्माण गर्न शिलान्यास गर्ने हजुर नै होइन र! हिजो भर्खरै , प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनपछि बनेका दुबै सदनको संयुक्त बैठकलाई संबोधन गर्न घोडाको बग्गिमा प्रवेश गरेको देख्न पाईयो त्यो पनि ब्रिटेनकि महारानी एलिजावेदको भन्दा कम थिएन ! शहरमा, गणतन्त्र खोज्नेहरुले पनि आज राजतन्त्र भेट्टाए , यो त राजसी शैलिको प्रस्तुत भएन र राष्ट्रपती ज्यूरु गणतन्त्रमा पनि उहि पुरानै ठाँटको आफ्नो सवारिलाई जनताले पटक्कै मन पराएका छैनन, यति कुरा त हजुरलाई पनि थाहा हुनुपर्ने हो , कि राष्ट्रपती भएपछि जनताको आवाज सुनिदैन या सुन्न मन लाग्दैनरु समृद्धिका लागी एकताबद्द भई अघि बढौँ भन्दै सांसदमा पुगेर भाषण गर्ने राष्ट्रपतिले आफ्नै सवारिले बाटो जाम गरेर जनतालाई शास्ती दिनु, के यहि हो समृद्धि रु अलिकति सोच्नुभयो, तपाईको राजकिय शासनले कति जनताले दुख्ख पाए होलान, तपाईले १६ करोडको गाडी चड्दा दुखी गरिव जनताले एक जोड चप्पल लगाएर हिँड्न सकेका छैनन, दिनानुदिन किशोरीहरु बलात्कृत भएको घटना बढिरहेको छ । हामीले गणतन्त्र नेपालकी पहिलो राष्ट्रपतिको रुपमा हजुरलाई त पायौँ तर महिला राष्ट्रपति पाएका छौँ भनेर कहिल्यै गर्व गर्न पाएनौँ ।

अन्त्यमा, नेपाली जनताको अहिलेको चाहाना भनेको आर्थिक विकाश र समृद्द मुलुक हो त्यसैले सम्माननिय राष्ट्रपति ज्यू राजतन्त्र अन्त्य भई गणतन्त्र आएको नेपालमा राजकिय शासन नगर्नुहोला१ आर्थिक विकाशका निम्ति देशलाई प्रोत्साहित गर्न तर्फ लाग्नुस अनि एमालेकी मात्र राष्ट्रपति नभई देशकै राष्ट्रपति बन्नुस । मेरो कुरा तितो लाग्न सक्छ तर मलाई लाग्छ यसमा सत्य लुकेको छ, र मेरो यो पत्रले हजुरलाई नराम्रो लाग्न गएमा माफ पाउँ १ रगतले आर्जेको गणतन्त्रलाई हेरचाह गर्दै भगवान जस्ता पतिको बियोग नभुल्नुहोला भन्दै पुन बधाई एवंम सफल कार्यकालको शुभकामना दिन चाहन्छु।

नमस्कार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top