लागूऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना समापन

पोखरा, २१ चैत l  प्रहरी मेरो साथीू अभियान अन्तर्गत बढ्दो लागूऔषध प्रयोगलाई निरुत्साहित गर्ने उदेश्यले जोखीममा रहेका विद्यार्थी समुहलाई लक्षित गरी लागु गरिएको लागूऔषध नियन्त्रण सम्बन्धी कार्ययोजना २०७३र२०७४ को यही चैत्र २० गते एक कार्यक्रमका विच समापन गरिएको छ ।

२०७३ साल मंसिर २७ गते देखी जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा लागूऔषध नियन्त्रण ब्यूरो पोखराको संयोजनमा सुरु भएको उक्त कार्य(योजना अन्तर्गत नै शुरु गरिएको लागूऔषध नियन्त्रणमा युवा विद्यार्थीको भुमिका विषयक अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृ्त्वकला प्रतियोगिताको समेत समापन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ४ नं। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले लागुऔषध दुर्व्यसनी विरुद्ध तिनवटै सरकार विभिन्न निति नियमहरुको निर्माण गर्दै अगाडि बढिरहेको बताउदै यसका कारोबारीहरु विरुद्ध शुन्य सहनशिलता अपनाउने संघिय , प्रदेश र स्थानिय तहको आगामि निति भएको समेत प्रष्ट पार्नु भएको थियो ।


कार्यक्रममा लागुऔषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले उक्त कार्ययोजना अन्तर्गत भएका विभिन्न गतिविधिहरुबारे प्रष्ट पार्दै कास्की स्थित रहेका १ सय ३३ विद्यालयहरुका १६ हजार भन्दा बढी विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको, २ हजार बढी अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरिएको, विभिन्न स्थानमा लागुऔषध विरुद्धका वृतचित्र प्रदर्शनि लगयातका गतिविधि गरिएको बताउनुभयो । उक्त वक्तृगत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले राष्ट्रका बलिया खम्बा युवाहरु आफै लागूऔषधको धुवामा रोमल्लिएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै लागूऔषध दुर्व्यसनि नियन्त्रणमा एक युवा विद्यार्थीको भुमिका बारे प्रष्ट पारेका थिए ।

उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्तवना हासिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, कास्की प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह, सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिती कास्कीका संयोजक विष्णु बहादुर भट्टराइ लगायतले पुरस्कार वितरण गरेका थिए । त्यस्तै उक्त कार्ययोजना सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्था तथा प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top