१७७ औँ वित्तिय साक्षरता कार्यक्रम अभियान गुप्तेश्वर क्याम्पसमा

पोखरा, २० चैत । मुक्तिनाथ बिकास बैँकले १७७ औँ सामुदायिक साक्षरता कार्यक्रम एंव ७७ औँ बिद्यार्थी बैँक तथा वित्तिय साक्षरता अभियान गरेको छ । जनता बैँकमा होइन, बैँक जनतामा जानुपर्दछ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै आजको आवश्यकता, विद्यार्थीमा वित्तिय साक्षरता बिषयमा जोड दिँदै पोखरा छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका बिद्यार्थीलाई लक्षित गरि कार्यक्रमको आयोजना गएिको थियो ।


कार्यक्रममा बोल्दै विशेष अतिथि मुक्तिनाथ विकास बैँकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले नेपालको शैक्षिक पाठ्यक्रम हेर्दा पढाई केबल एउटा लाईसेन्स मात्र रहेको र व्यवहारिक रुपमा तुलना गर्दा सबै क्षेत्रमा पहुँच नपुग्ने हुँदा यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा बैँकमा जागिर गर्न जाँदा, अन्तरवार्तामा सामेल हुँदा सजिलो हुने बताउनुभयो । बिशेष गरेर मुक्तिनाथ बिकास बैकले अरु बैँकको भन्दा देशको माटो सुहाउँदो वाणिज्य, ग्रामीण, आधुनिक र लघुवित्त फरक मोडलका बिक्तिय सेवाहरु प्रदान गरेकोमा लघुबिक्तलाई परिमार्जित गरी उत्पादन शिलतामा लगिएको साथै बैँकलाई ५ बर्ष भित्रमा क वर्गको बैक बनाउने लक्ष्य रहेको क्षेत्रिय प्रबन्धक ढकालले बताउनुभयो ।


कार्यक्रममा विधार्थीहरुले नेपाल सरकारले सर्टिफिकेटको आधारमा ऋण लिन पाउने कार्यक्रम ल्याएकोप्रति चासो व्यक्त थिए । त्यसमा क्षेत्रीय प्रबन्धकले भन्नुभयोः‘ सरकारले कार्यक्रम त ल्यायो तर कार्यविधि भने नबनाएको हुँदा बैँकले यस बिषयमा काम गर्न नसकेको हो । सरकारले कार्यविधि बनाएर राष्ट्र बैँकलाई पास गर्छ अनि राष्ट्र बैँकले वित्तिय बैंकहरुलाई निर्देशन दिन्छ  l अनि मात्र हामीले ऋण दिन सक्छौँ ।’
उक्त कार्यक्रममा मुक्तिनाथ बिकास बैँकका कर्मचारीद्धारा तिनवटा सेसनमा फरक–फरक बचत, ऋण साथै लगानीको बारेमा जानकारी गराइएको थियो । नेपालमा रहेका बैक तथा वित्तिय संस्थाका प्रकार, संख्या लगायतका बिषयमा बिद्यार्थीसँग अन्तरक्तिया समेत गरिएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका प्रमुख मनोरञ्जन शर्माले ब्याम्पसमा पहिलो पटक राखिएको कार्यक्रममा यस्ता समयसापेक्षी अभियानले विद्यार्थीको चौतर्फी बिकासको लागि महत्वपूर्ण भुमिका खेल्ने भन्दै मुत्तिनाथ बिकास बैँक प्रति आभार व्यक्त गर्नुभयो । साथै यस्ता कार्यक्रमहरु आगामी समयमा अझ सशक्त रुपमा हुनेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top