बालिका ‘अपहरण’ गरेर भागेका युवकको भीरबाट खसेर मृत्यु

Dead body in a mortuary

पर्वत, १७ चैत  । पर्वतको सदरमुकाम कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई ‘अपहरण’ गरेर भाग्दैगर्दा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । बालिका ‘अपहरण’ गरेर भाग्दैगर्दा भीरबाट खसेर युवकको मृत्यु भएको हो l


बालिकालाई साथमा लिएर भागेका ती युवकको कुस्मा नगरपालिका वडा नम्बर–४, चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । कुश्मा–४, चाक्लेडिलनजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुहानी परियारलाई एक अपरिचित व्यक्तिले लैजाँदै गर्दा स्थानीयवासीले देखेर हारगुहार गरेपछि भाग्नेक्रममा ती युवक भीरबाट खसेका हुन् ।

बालिका रोएको सुनेपछि भीरतर्फ हेर्दा ती युवकले बालिकाको मुख अठ्याइरहेको देखेको प्रत्यक्षदर्शीले बताएका छन्  । स्थानीयले देखेपछि बालिका छाडेर भाग्नेक्रममा भीरबाट खसेका ती युवा प्रहरीले खोजी गर्नेक्रममा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका हुन् ।

 

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top