सिभिल बैंक लिमिटेडको ५९औं शाखालमजुङ बेसीशहरमा

लम्जुंग,१७ चैत l सिभिल बैंक लिमिटेडले आफ्नो ५९औं शाखा लमजुङ बेसीशहर, त्रीवेणी टोलमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गर्नुभयो । उक्तशाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ,संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र  बैंक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित लगाय तसो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

sdr

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुननसक्ने बताउनु हुँदै देशकाअतिदुर्गम स्थानहरुसम्मबित्तीयपहुँच पुरयाउने सोच अनुरुप मौद्रिक निति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने कुरा प्रस्ट्याउनु भयो ।अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंगगर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको पनिबताउनुभयो ।स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीयतहमाबित्तियपहुँच पुरयाउने नीतिअनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताउनुभयो । ग्रामीण भेगमा बैंकको शाखाबिस्तार हुँदाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमाआर्थिक सम्बृद्धी आउने कुरा वहाँले बताउनु भयो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमाबित्तीयपहुँच पुरयाउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले लमजुङजिल्लाको ग्रामीण भेग भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याई लमजुङ जिल्लालाई सम्भवत नेपालकै पहिलोसबै स्थानिय स्तरमा बित्तीय पहुँच पुगेको जिल्ला बनाउन सहयोग गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो । सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथाअन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखीबचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसायअभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख कार्य कारी अधिकृत गोविन्द गुरुङले बताउनु भयो ।

सिभिल बैंकले हालसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको रु.३७अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकले यस अघि लमजुङको भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमाल्याईसकेको छ । लमजुङ बेसीशहर शाखा सहित यस बैंकको लमजुङ जिल्लामा ५ शाखा र कुलशाखा संख्या ५९ पुगेकोे बैंकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित