देश,बिदेशबाट उठ दाजुभाइ नफुट

received_1931895627126626.jpeg

,,,निकास बाबु

जनजाति,आदिवासी,दलित र पिछडिएका खस क्षेत्री र बाहुन कस्ले नामाकरण गर्यो थाहा भएन तर जो जे भए पनि सबैले बुझ्न पर्ने आज देशको हबिगत र देशमा के हुदैछ र दाजुभाईमा किन मनमुटाव हुदैछ । सबैले मानवताको कायम गरौ यहाँ कुनै धर्म,जात मानिसको निधारमा सिलालेखमा झैं आमाको कोखबाट जन्मदै लेखिएर आएका हुदैनन् जस्तै लिङ्ग छुट्याएर जन्म भए जसरी । यदि कसैको निधारमा धर्म,जात लेखिएको देख्नु भएमा खबर पाउ हैन भने रुढीबादी परम्परा त्याग्नुपर्छ । हामी चेतनशील प्रणी भन्छौ तर मैले चेतना भने एक रति देखिन । हाम्रो देश प्राकृति सुन्दर, कच्चा पदार्थको खानी छ र जनता दयालु, सोझा ईमानदार छन र त बिश्वको नजर हाम्रो देशमा छ । कसरी हुन्छ नेपाललाई आफ्नो कब्जामा पार्न अनेकौं सडयन्त्र रचदैछन । हुन त बिदेशी हुरुले प्राचीन काल देखि नै गिद्दे नजर लगाएको देश हाम्रा पुर्खाले बचाउन सफल भए हामी गर्ब गरौ र सम्झौ इतिहास । आयो कुरा धर्म,जातको भेदभाव हुनुमा छर्लङ्ग देखिन्छ इतिहास काल पढ्दा त्यस बेला मानिस अशिक्षित र मौखिक कानुन लागु हुन्थ्यो भने पौरखि पनि थिए कसैले शिप मुलक काम गरे कसै मुखिया बनेरै जीवन चलाउथे । त्यस समयमा धर्मकर्ममा धेरै बिश्वास राख्थे । धनी र गरिबको भेदभाब हुन्थ्यो धनीले बोलो कि पोलो । गरिब प्राय सबैले काम गरेर नै जिबिका चलाउने क्रममा उबेला काम अनुसार नाम राखिन्थे र काम गर्ने ठाउमा काम लगाउने मानिस टाढाबाट आउने हुनाले सबैलाई खानाको ब्यबस्थापन गर्नु पर्ने हुदा कामदारले कमाएको प्रतिफल देखिएन त्यसैले गाउका पन्च मिलि कामदारको खानु हुदैन भने बिस्तारै त्यसलाई गलत परिभाषा गरेर हाल सम्म त्यसको असर परेको यथवात छ । त्सस्तै धर्मलाई कानुन मानिन्थ्यो र राज्यसत्तामा बहुसंख्यक आधारमा शासन गरि हेपाहा प्रबिधि निस्के पछि हालको राजनितिक दल जसरी नै बिदेशीको आडमा बिदेशी धर्म देशमा घुसाएर आतङ्क मच्चाउन थालेका थिए । पहिले के गरे कसो गरे त्यसमा नअड्किन पहिलेको ढुङ्गे युगलाई थाती राखौ किनभने अहिले प्राय सबै शिक्षित र यो बैज्ञानिक युगमा परिवर्तनको सोचको बिचार राखौ । घरमा दाजुभाईको लडे भने छिमेकि काखी पड्काउन चाहान्छन । हामी लडाइँ गरौ अनियमितता, बलात्कार, भष्ट्रचार, घुसखोर,  दलाल आदी बिरुद्ध यो हो देशको समस्या । समस्याको सावधान गर्न जुट जात,धर्म भन्दै दाजुभाइ नफुट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top