नेतृत्व र चुनौती

2x2-and-pp-copy-1.jpg

ईनर ह्वीलक्लबअफ न्यूरोड पोखरा

उर्मिलाश्रेष्ठ
भूतपूर्व अध्यक्ष
कुनै पनि संघ संस्था वाक्लवहरूको जीवन, यसकाउर्जा, नेतृत्वगर्ने ब्यक्तीको नेतृत्वक्षमतामा निर्भर गर्दछ । नेतृत्वको क्षमता र कार्य शैलीले संस्थालाई संगठीत र उत्पादनशिल  वनाउन मद्दत पुग्दछ । त्यसैले त्यस्तो नेतृत्व सदैव सचेत सजग र कृयाशिलहुनआबस्यक छ । त्यसमा पनि ईनर ह्वील जस्तो सामाजिक क्षेत्रमा काम गर्ने समाजका दुःख सुखमा सदैव साथ रहने संस्था र यसको नेतृत्व र सबै सदस्यज्यूहरू पनि संगठित  र सकृय हुन नितान्त आवस्यक छ । आपसि मतभेद र स–साना कुराहरुलाई मनमा लिएर साथिहरुको व्यवहारको समय परिस्थिति र परिबेष अनुसार नेतृत्वले संस्था परिचाल नगर्न सक्नु पर्दाे रहेछ । अझ समाज सेवागर्ने उद्येस्यले गठित हाम्रो जस्तो संस्थालाई त हरेक परिस्थिति सँग जुद्न सक्ने गरि चुस्त दुरूस्त राख्न पर्दाे रहेछ । मेरै कार्यकालमा देशमा ठुलो भुकम्पले धेरै जसो जिल्लामा प्रलय नै भए जस्तो उत्पात मच्चायो । हजारौले ज्यान गुमाए , लाखौं वेसहारा भए , बिद्यालय , पाटि पौवा ब्यक्तिगत घरहरू धेरै जिल्लामा ध्वस्त भए । लाखौं परिवारले वतलाग्ने छत गुमाउन परेको यश परिस्थितिले लाखौ बालबालिकाले आफ्नाअभिभाबक समेत गुमाएको कहालि लाग्दो यथार्थ हो ।
ईनर ह्वील जस्तो संस्थाको तत्कालिनअध्यक्षको नाताले कत्तिपनि बिचलित नभै चरम आर्थिक अभाव हुँदा हुँदै पनि परिवार साथि भाइ र संस्थाका सबै सहकर्मि साथिहरू सँग अनुनयविनय गरेर श्रोत साधनको ब्यवस्थागरि राहत र उद्धारकाकार्यमा संस्था परिचालनगर्नु आफैंमा चुनौति पुर्ण थियो । त्यस परिस्थितिमा सहयोग र साथ दिनुहुने सबै सहकर्मि मित्रहरू धन्यवादका पात्र हुनुहुन्छ ।

असहज परिस्थितिमा समानान्तर सहयोगि संस्थाहरूबाट निरन्तर सहयोग रसहकार्य रहे , जसकाकारण त्यस्तो परिस्थिति सँग जुध्न सहयोग पुगेको महसुस गरेकीछु । टिठलाग्दो माहोल र लगातार कोको कार्य ब्यस्तताका कारण मन मस्तिष्क बेचैन भएका बेला चार्टर नाईट , बनघोज , जलयात्रा जस्ता कार्यक्रमआयोजित गरेर सबै सहकर्मि मित्रहरूको मनोबल माथि उठाउन पनिपर्दाे रहेछ । शैक्षिकक्षमता र ऐतिहासिक जानकरिका लागिअन्तरिक भ्रमण र ऐतिहासिक स्थलहरूको भ्रमण पनिआबस्यक पर्दाेरहेछ । बृक्षारोपण , सरसफाई जस्ता पर्याबरण मैत्रीकार्यक्रमगर्दै गर्दा एक खाल्को छुट्टै आनन्दको अनुभूतिहुने कुरामादुई मत रहन्न । सामाजिक स्वास्थ्य सचेतनाका लागि बेलाबखत स्वास्थ्यशिबिर पनिआयोजनागर्नु सामाजिक उत्तरदाईत्वअन्तरगत नै पर्दाेरहेछ । समाजकाअसहाय र बिपन्न बालबालिकाका लागि छात्रबृत्ति उपलब्ध गराउन पाउँदा जीवन सार्थक भएको महसुस पनिहुँदोरहेछ ।

मलाई लाज्छ  (मार्ग दर्शण) भनेको यहि हो । हामी समाजका सचेत नागरिकका हैसियतले समाजमाआईपर्ने हरेक सहजअसहज परिस्थिति सँग आत्मसाथगर्दै सहकार्य गर्दै समाजलाई चलायमान गराई राख्नु नै हाम्रो कर्तब्य पनि हो । यस्ता समाज सेवाका कार्यहरूमा बेलाबखत नैरास्यता , चिडचिडाहट र आत्मग्लानीका समय पनिआउँदो रहेछ । निस्वार्थ मनोभावले सेवागर्दा पनि कतिपय मनविय सुलव स्वार्थले केही मनहरू मा ईर्ष्या जन्यभावना पैदा हुँदा केहीहद सम्म मनखत हुँदो रहेछ । नेतृत्वमा रहने ब्यक्तिले यी सबै तिता मिठा कुराहरू , आरोहअवरोहहरू लाई सहज ढंगबाट आत्मसाथ गर्न सकेमा मात्र सक्षम नेतृत्वको पहिचान बनाउन सकिने कुरामा दुईमत रहन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top