समाज सेवा

 

लायन्स क्लब अफ पोखरा समर्पण

लायन उर्मिला श्रेष्ठ
भूतपूर्व अध्यक्ष 

जीवनको अविरल यात्रामा अनेकौं आरोह अवरोहहरु साथि बनेर आउँछन । यी जीवनका साथि सँगिलाई ओत लगाउने थलो भनेको आफ्नै सेरोफेरो आफ्नै परिवेष आफ्नै समाज हो । त्यस्ता आरोह अवरोहहरु कति कति खेर भिमकाय रुपमा हाम्रा सामु आईदिन्छन् । जसको सामना समाजका हरेक ब्यक्तीको सामुहीक पहलमा मात्र सम्भव हुन्छ । गत वर्ष हामि नेपालीको नयाँ वर्ष सुरु हुँदै गर्दा हामि सबैको जिवनमा एक खाल्को पिडा र भयाबह आपतको चिनो छोडेर गयो प्रकृतिले । प्रकृतिको ताण्डवको अगाडी हामि मानव जाती निरिह साबित हुँदोरहेछौं । यसले हामि सबैको मन मस्तिस्कलाई बिचलीत बनाई दियो हाम्रा सयौं सपनाहरु क्षण भरमै चकनाचुर बनाई दियो । नयाँ नेपालको स्वर्णिम परिकल्पनाका साथ अगाडी बढी रहेको समाज एक पटक फेरी ठप्प भएझैं भयो ।

हाम्रा हरिया पहाडमा ठूला ठुला चिरा मात्र परेनन बस्तिका वस्ति नै उठिबास हुने गरि भूस्खलन समेत भयो । हाम्रा नदिहरु उन्मत्त भै बेतालमा प्रभाईत मात्र भएनन यीनका बहाव सँगैसैयौं उर्भभर जमिन पनि बगे । बिहानिको झुल्के घाममा स्वर्ण मय हुने हाम्रा हिमाल मध्य दिनको सुर्यको किरणमा चाँदि झैं चम्कदैं हिम नदिकोश्रोत बन्ने गर्दथे , तिनै हिमालयबाट वहेका हिम प्रवाहहरु कतै हिम तालका रुपमा गजधम्म परेर बसेका हुन्थे ति हिमतालमा समेत यो प्राकृतिक ताण्डवले आफ्नो प्रभव छोडेर गयो । धेरै हिम तालहरु फुट्ने जोखिममा रहे । सैयौं पद–मार्गहरु पृथ्वी हल्ले सँगै पहाडका गर्भमै बिलिन हुन पुगे , सैंयौं बस्तिहरु धरधराउँदै मैदानमा परिणत भए , सैंयौं ऐतिहासिक स्थलहरु कहिल्यै उठ्न नसक्ने गरि आफ्नो अस्तित्व गुमाउन पुगे । यस्तो प्राकृतिक उत्पातले हाम्र सम्पदा मात्र गुमेन यसले त हम्रो पर्यटन ब्याबसायलाई दसकौं पछाडी पनि धकेलि दियो ।पृथ्वीको यो वेताल नृत्यले हाम्रा धेरै दाजुभाई दिदी बहिनीहरुले अकाल मृत्यु वरण समेत गर्न परेको यस परिस्थितिमा बाँकी बचेका परिवारका सदस्यहरु बेसहारा हुन पुगे ।

यति मात्र हैन घरवार समेत गुमाउन पुगेका ती हाम्रा दाजुभाई दिदी बहिनीहरुले ढुक्कले ओत लाग्ने थात थलो समेत गुमाउँदा बिचल्लीमा परे । कैयौं वालबालीका शिक्षाको अवसरबाट समेत बिमुख हुन पुगे न्यानो पारिवारिक मायाँमा हुर्केका बालबच्चा यो बिपदले बेसहारा बनेको यस परिबेषमा कैयौं कहिलाहरु बृद्घबृद्घाहरु अभिभाबकत्वबाट समेत बिमुख भए । यसैले यस्तो टिठ लाग्दो प्रकृतिक बिपत्तीको सामना गर्न हामि सबै समाज–सेबीहरु एक बद्घ भएर अगाडी बढनु पर्ने देखिन्छ । त्यो बिपदमा परेका बालबालीकाका लागि उचित शिक्ष दिक्षा र भरण पोषणको ज्म्मिेदारी अव हाम्रै काँदमा आएको महसुस गरेकी छु । यस बितण्डाले परिवार गुमाएका महिला दिदी बहिनीहरु लाई जीवन जिउने र समाजमा पूनस्र्थापना हुने बातावरण पनि हामिले नै तयार गर्नुछ ।

शिप मुलक तालिम र मनमा उर्जा थप्ने शिक्षा मुलक प्रशिक्षणहरु प्रदान गरेर ती महीलाहरु लाई उर्जा्शिल बनाउनु छ । यो पृथ्वीको तण्डव नुत्यका कारण हाम्रा कैयौं जेष्ठ नागरिकहरु बेसहारा भएकाछन । एकातिर परिवार गमेको छ त अर्का तिर ओत लाग्ने छानो समेत यो प्राकृतिक बिपदले खोसि दियो । यी अग्रजहरु लाई हामि समाज सेवामा जुटेका समाज सेबीहरुले उचित ब्यबस्थापन गर्न सकेनौं भने यीनका आँखाबाट चुहिएको आँसुले हामि सबैलाई कालान्तर सम्म पिडा दिन्छ , यसैले यी अग्रजहरुको ससम्मान समाजमा पुनस्र्थापना गर्नु हाम्रमो कर्तब्यहो । यसरी हाम्रा अबका दिनका कार्यक्रम भनेको पुन निर्माण र पुनस्थापनामा केन्द्रीत हुनु पर्दछ । कम से कम पनि हामिले ती पिडित असाहाय तथा अबोध मनहरु लाई सहारा दिन सक्यौं भने यो जीवन सार्थक मएको महसुस गर्न सक्दछौं ।

बिपदको चपेटामा परेको बिद्यलय , ऐतिहासिक स्थलहरु र पदमार्गहरुका साथै पानीका मुहान , गाउँ बस्तीहरु पनि पुन निर्माणको बाटो हेरेर बसि रहेका छन , यस्ता कार्यहरुमा अबका दिनमा हामीहरुको सहयोगी हातहरु अगाढी बढ्नृ पर्दछ भन्ने मैले महसुस गरेकी छु । अन्त्यमा , यस्ता साज सेवा जन्य कार्यहरु बाट केवल जीवनमा आत्मसंतुष्टी प्रप्त हुन्छ यसबाट आर्थिक भौतिक लाभ हानिको अपैक्षा हुदैन । केवल सामाजिक बिकास र समाज सुधारका कार्यहरु को अपेक्षाले अगाडी बढेमा मात्र सहि मानेमा समाज सेवा हुन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top