fbpx

बारामा एसईई परीक्षाकाे पहिलो दिन नै प्रश्नपत्र बाहिरिएपछि,केन्द्राध्यक्षसहित पाँचजना निलम्बित

author

समाचारपाटी

१ year अगाडि

सिमरा । बारामा एसईई परीक्षा सुरु भएको पहिलो दिन नै प्रश्नपत्र बाहिरिएको छ । आदर्शकोतवाल गाउँपालिका १ च्युटाहास्थित रामचरित्र माध्यमिक विद्यालय जयनगर परीक्षा  केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो । 

परीक्षा  सुरू भएको १५ मिनेटमै परीक्षार्थी पवन साहले मोबाइलबाट फोटो खिचेर ह्वाटस्अप ग्रुपमा प्रश्नपत्रको फोटो पठाउनुभएकाे थियाे । परीक्षा  केन्द्र बाहिर रहेका व्यक्तिलाई प्रश्नपत्र पठाएको करिब ३० मिनेटपछि प्रहरीले जानकारी पाएको थियो । 

जनता माध्यमिक विद्यालय कचोर्वाका परीक्षार्थी साहले प्रश्नपत्रको फोटो बाहिर रहेका दीपक साहलाई पठाउनुभएकाे थियाे । ह्वाट्सअप ग्रुपमार्फत् फोटो बाहिरएपछि परीक्षा  केन्द्रमा प्रश्नपत्र हेर्न भीड् समेत लागेको थियो । मोबाइलमा प्रश्नपत्र हेर्न जम्मा भएपछि प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयाे । 

‘परीक्षा  केन्द्र बाहिर मोबाइल हेर्न सबै झुम्मिएपछि शंका लागेर प्रहरीले बुझ्ने क्रममा प्रश्नपत्र बाहिरिएको जानकारी पायौं, प्रहरी उपरीक्षक बोगटीले भन्नुभयाे, ‘तत्कालै परीक्षार्थी र दीपकलाई मोबाइलसहित नियन्त्रणमा लियौं।'

प्रहरीले दीपकलाई अझै नियन्त्रणमा राखेको छ भने परीक्षार्थी साहलाई रिहा गरेको छ । प्रहरी उपरीक्षक बोगटीका अनुसार परीक्षार्थी साहको पहिलो दिनको परीक्षा रद्ध गर्ने निर्णय गर्दै उहाँलाई छाडिएको र दीपकलाई कारबाहीका लागि मुद्धा प्रक्रिया अघि बढाउन लागिएको बताउनुभयाे । 

प्रहरी उपरीक्षक बोगटीले परीक्षा रद्ध गर्नुपर्ने स्थिति नरहेको उहाँले बताउनुभयाे । उहाँका अनुसार प्रश्नपत्र बाहिरिए पनि उक्त ग्रुपमार्फत् उत्तरभित्र गएको देखिदैन । परीक्षार्थीको मोबाइल र सामाजिक संजालको ग्रुपमा उत्तर गएको नदेखेपछि परीक्षा रद्ध गर्नुपर्ने अवस्थामा नरहेको बोगटीको भनाइ छ । 

प्रहरीले परीक्षार्थी पवन र दीपकसँग मोबाइल नियन्त्रणमा लिएर ग्रुपमा रहेका सबैको विषयमा जानकारी समेत लिएको थियो । १० जनाको ग्रुपमा तीनजना परीक्षार्थी र सातजना बाहिरका व्यक्ति थिए । तीनजना परीक्षार्थीमध्ये एकजना पवन रहेकाे र अन्य दुई अन्य परीक्षा केन्द्रका विद्यार्थी रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक भएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित सुरक्षा निकाय, शिक्षा समन्वय इकाइ कार्यालयको टोली परीक्षा केन्द्र पुग्नुभएकाे थियाे । प्रजिअ सापकोटाको नेतृत्वमा पुगेको टोलीले घटनाको विषयमा जानकारी लिँदै उक्त परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षसहित पाँचजनालाई  निलम्बन गर्ने निर्णय गरेको छ । 

परीक्षा केन्द्रबाट निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, बिजयप्रसाद चौधरी, निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्ता रहेका प्रहरीले जनाएकाे छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा केन्द्रमै बसेको बैठकले उनीहरूलाई एसईई परीक्षा अवधिभरीका लागि निलम्बन गरेको हो । 

बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त परीक्षा केन्द्रमा अन्य केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष र निरीक्षक पठाइने बताउनुभयाे । परीक्षालाई मर्यादित बनाउन जिम्मेवारी दिइएका व्यक्तिको लापरवाही देखिएपछि उनीहररूलाई तत्काल निलम्बन गरिएको प्रजिअ सापकोटाको भनाइ छ । 

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक