वडा १ मा टोल कप सेभेन ए साइड फुटबलको तयारी पुरा - SamacharpatiSamacharpati        

वडा १ मा टोल कप सेभेन ए साइड फुटबलको तयारी पुरा

 

खेलकुद मन्त्रि जगत विश्वकर्माले उद्घाटन गर्ने

पोखरा,१२ चैत्र l पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय, वडा नम्बर १ ले वडा नम्बर १ भित्रका टोलस्तरिय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चैत्र १४ देखि १७ गते सम्म टुुँडिखेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको वडा कार्यालयले जनाएको छ । कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा वडा नम्बर १ भित्रका विभिन्न ११ टोलले भाग लिइने जानकारी दिइयो ।

वडाभित्रका खेलाडीहरुको प्रतिभा पहिचान गरि वडाको फुटबल टिम बनाउने, युवालाई विकृती विसंगतिको बाटो त्यागि खेलकुदतर्फ अभिप्रेरित गर्ने, खेलकुदका माध्यमबाट स्वास्थ्य नागरिक तयार पार्ने लगायतका उद्येश्य सहित आयोजना गर्न लागिएको प्रतियोगिता सम्पन्न गर्न झण्डै ३ लाख खर्च लाग्ने वडा अध्यक्ष शारदा पराजुलीले पत्रकार सम्मेलनमा जानकारी दिइन् । हरेक टोललाई तयारीका लागि ५ हजार रुपैयाँ समेत दिइएको पराजुलीले बताइन् । ‘आगामी बुधबार युवा तथा खेलकुद मन्त्रि जगत विकले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ’ वडाध्यक्ष पराजुलीले भनिन् ।

प्रतियोगितामा प्रथमले नगद १५ हजारका साथमा कप मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीले नगद ३ हजार र सर्वाधिक गोलकर्ता खेलाडीले नगद २ हजार ५ सय सहित सम्मान प्राप्त गर्ने प्रतियोगिता संयोजक वडा सदस्य साहरा प्रधानले जानकारी दिए । पूर्व राष्ट्रिय खेलाडी आनन्दलाल रञ्जितले कार्यक्रम सञ्चालनका साथै प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए । त्यस्तै सहभागि हुने टोलमध्येबाट मिलिजुली टोल विकास संस्थाका अध्यक्ष जुमकाजी गुृरुङ्गले स्वास्थ्य नागरिक र अनुशासित समाज निर्माणका लागि खेलकुदको महत्व रहेको बताएका थिए । वडा सदस्य रुद्रप्रसाद सुवेदी च्वाईले स्वागत मन्तव्य राखेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित