पोले वडा नं ९ मा वडा स्तरीय क्यान्सर सचेतना कार्यक्रम शुक्रबार सम्पन्न

पोखरा, १० चैत l पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ को आयोजना र नेपाल अबुर्द रोग निवारण संस्था कास्की शाखाको सह आयोजनामा क्यान्सर रोगको कारण, अवस्था र निवारण विषयक वडा स्तरीय क्यान्सर सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रदेश नं ४ का प्रदेश सभाका सदस्य विन्दु कुमार थापाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथी नेपाल अवुर्द रोग निवारण संस्था केन्द्रिय सदस्य दिनेश शंकर पालिखे, कास्की शाखा सभापति रामचन्द्र थापा, पोले महानगरपालिका वडा ९ का सचिव लोक दर्शन कोइराला रहनुभएको थियो ।

सचेतना कार्यक्रममा नेपाल अवुर्द रोग निवारण संस्था कास्की शाखा उपसभापति प्रेम बहादुर भुजेल र सचिव नारायण बहादुर पराजुलीले प्रशिक्षण दिनु भएको थियो । सो कार्यक्रममा संस्था कास्की शाखाका निवर्तमान सभापति राम प्रसाद वस्ताकोटी, कार्यक्रमका संयोजक तथा नेपाल अवुर्द रोग निवारण संस्था कास्की शाखाका सदस्य मुना वास्तोला, विशेष सहयोग गर्ने सुमन चन्द्र थापा, नविन चन्द्र थापा, दलित महासघंका केन्द्रिय सचिव गोविन्द नेपाली लगायत विभिन्न आमा समुहका अध्यक्षहरुको सहभागीता रहेको थियो । पोले महानगरपालिका वडा ९ का महिला सदस्य राम माया मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रममाथि प्रकाश संयोजक मुना वास्तोला र शुभकामना मन्तव्य वडा सचिव लोकदर्शन कोइराला व्यक्त गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top