विनोद र धरम, गोपी र विकास फाइनल प्रवेशका लागि भिड्ने

पोखरा, ९ चैत्र । विनोद कायस्थ, गोपीबहादुर भट्टराई, धरमबहादुर लामिछाने र विकाश गुरुङ्ग पोखरा रंगशालामा जारी मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटरफाइनल खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान बनाएका हुन् ।

विनोदले समिर शेरचनमाथि ६–३, ५–७ र सुपरटाईमा ११–९ को कठिन जित निकाल्दा । गोपीले भने रामराजा कार्कीमाथि ६–२, ६–१ को सहज जित हाँसिल गरे । त्यस्तै धरम लामिछानेले शरण गुरुङ्गलाई ७–६ र ६–२ ले पराजित गर्दा विकाश गुरुङ्गले एसपी अशोक सिंहमाथि ६–३, १–६ र सुपरटाईमा १०–६ को संघर्षपूर्ण जित हाता पारे ।

शनिबार विनोद र धरम तथा विकास र गोपी फाइनल प्रवेशका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल भने आइतबार हुने मेसुका स्पोर्टसका सञ्चालक राजु गुरुङ्गले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top