स्वरेकको एम्बुलेन्स अभियानमा पोखराका रमेश द्धारा जापान बाट १० हजार सहयोग

पोखरा, ८ चैत ।  स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालनको लागि शुरु गरीएको आर्थिक संकलन अभियान जारीरहेको छ । नमुना स्वरेक सामाजिक कोष कतारको पहल तथा नुमना स्वरेक सहयोगी समाज स्याङजाको स्थानीय समन्वय एवं ब्यवस्थापनमा अभियान जारीरहेको छ ।


यसै विच पोखरा लेखनाथ महानगरपालिका वडान ७ घारीपाटन घर भई हाल जापानमा रहनुभएका रमेश कुमार शर्माले स्वरेकमा एम्बुलेन्स आबश्यकता महसुस गरेर शुरु गरेको अभियानमा आफुले थोरै भए पनि सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । सामाजिक सञ्जाल फेस बुक मार्फत अभिायन बारे थाहा पाउनु भएका शर्मा स्वतस्फुर्त रुपमा नगद १० हजार सहयोग गर्नुभएको हो ।

शर्माले अभियान छिट्टै सफल बनाएर स्थानीय लाई सेवा दिने खबरले आफु लाई खु्शीलागेको पनि बताउनु भयो । अभियानमा अहिले सम्म शर्माले गरेको सहयोग संगै १० लाख ७८ हजार रकम संकलन भएको नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष घनश्याम पाण्डेयले बताउनु भयो । पाण्डेयले राम्रो कामको लागि सवैको साथ मिल्छ भन्ने राम्रो उदारण स्वरेकको एम्बुलेन्स अभियान भएको बताउनु भयो । अभियान अन्तिम चरणमा पुगेको पाण्डेयले बताउनु भयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top