एकल लोक गायन प्रतियोगिता सम्पन्न

पोखरा
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोक गायन प्रतियोगिता अडिशन राउण्ड सोमवार पोखरामा सम्पन्न भएको छ ।

कास्कीमा पहिलो पटक संचालन गरिएको अडिशन राउण्ड अन्र्तगत अभिषेक आचार्य,समिक्षा अधिकारी,स्मृति सुनार,उमेश अधिकारी,कृष्ण भटराई, श्रुतु परियार,आयुष परियार अन्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले उक्त प्रतियोगितामा भाग लिएका थिए ।
कार्यक्रममा प्रदेश नं। ४ का संयोजक तारापति सुबेदी प्रमुख निर्णयकमा रहेका थिए भने केन्द्रिय सदस्य जीवन दाहाल र कास्की जिल्लाका सल्लाहाकार पार्वती जिसी निर्णायकको भुमिकाकामा रहेका थिए । कास्की जिल्ला अन्र्तगत पहिलो चरणको अडिशन राउण्डमा कास्कीका आयुष परियार,उमेश अधिकारी र स्मृति सुनार दोस्रो चरणमा प्रबेश गरेका छन् । यसैगरी बैकल्पिकमा स्वस्तिका तिमिल्सेना र श्रुतु परियार परेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेल,केन्द्रिय सदस्य जीवन दाहाल,सल्लाहाकार पार्व्ति जिसी र पुर्व केन्द्रिय सदस्य श्रीराम अधिकारीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल लोक गायन प्रतियोगिताका संयोजक टेक क्षेत्रीले स्वागत र सचिव ज्ञानेश्वर सुबेदीले कार्यक्रम संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित