‘बिर्सिएको मृत्यु’ मा समाजका सामान्य मान्छेको जीवन को कथा

पोखरा,४ चैत l कवि तथा उपन्यासकार प्रगति राईद्वारा लिखित दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ उठाएको विषय वस्तुमाथि शनिबार एक बहस कार्यक्रम सम्पन्न भएको छ । पोखराको न्यूरोड स्थित हिमालयन रिडर्स कर्नरको सभाहलमा सम्पन्न कार्यक्रमलाई नौलो बहसले आयोजना गरेको हो ।

बहस कार्यक्रममा कवि तथा गितकार स्वप्निल स्मृतिले उपन्यासले एउटा सामान्य मान्छेको जीवनमा आउने उतारचढाबलाई मिहिन ढंगले केलाउन सफल रहेको बताउँदै कतिपय ठाउँमा पाठकबाट कथालाई जबरजस्ति भगाईएको र कतिपय ठाउँमा अनावश्यक कथालाई घुसाउन खोजिएको भानपर्ने बताए ।

उपन्यासको बारेमा बोल्दै लेखिका राईले समाजका हरेक ब्यक्तिहरुका कथा उपन्यास बनाउन योग्य भएपनि उनीहरुको कथालाई सर्जकहरुले नसमेटेको हुनाले सामान्य ब्यक्तिको जीवनमाथि उपन्यास लेखेको बताइन्।

उपन्यासमा एउटा सामान्य मानिसको जीवनमा आएको आएको आरोहअबरोह र जीवनदेखी भाग्दै हिड्ने मान्छेलाई कसैको संगतले बदलेर अरुको जीवन साहारा बन्न सक्छ भन्ने उपन्यासको ध्येय रहेको बताइन् । यसैक्रममा यो भन्दा अघिका कृतिहरुमा महिलाका विषयलाई उठाए पनि यसमा महिलाको विषयलाई गौण रुपमा मात्र उठाईएको उनले बताइन् । बहस कार्यक्रमलाई लेखक दिपक पराजुलीले सहजिकरण गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top