शहकारी उपाधी कपको उपाधी आयोजक डेभिजफललाई

पोखरा ४ चैत्र l आयोजक डेभिडफल बचत तथा क्रणसहकारी संस्था लिमीटेड शहकारी उपाधी कपको जित्न सफल भएको छ ।
पोखराको छोरेपाटनमा शनिबार सम्पन्न प्रतिस्पर्धामा आयोजक डेभिडफलले विरौटा बचत तथा क्रण शहकारीलाई ट्राइब्रकेरमा ३ –२ ले हराउँदै उपाधी हात पारेको हो । निर्धारीत ३५ मिनेट समय गोल रहित बराबरीमा सकिएपछि खेल ट्राइब्रकेरमा गएको थियो । यस अघि डेभिडफलले अमले बचत तथा क्रण शहकारीलाई २–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो । विजेता टोली डेभिडफलले नगद रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


अर्को फाइनल प्रतिस्पर्धी विरौटा शहकारीले पुइमे बचत तथा क्रण शहकारी संगको प्रतिस्पर्धामा निर्धारीत समय ३५ मिनेट गोलरहित बराबरीमा सकिए पछि खेल ट्राइब्रकेरमा पुगेको थियो । ट्राइब्रकेरमा विरौटाले पुइमेलाइ पनि३ –२ ले हराउँदै फाइनल प्रबेश गरेको थियो । दोस्रो हुन सफल बिरौटाले नगद रु १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।  विजयी खेलाडीहरुलाइ अखिल नेपाल फुटवल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले नगद ट्रफी तथा मेडलले सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले शहकारीले पनि फुटबलमा चासो देखाएर उदाहरणीय कार्य गरेको बताउनु भयो ।

कार्यक्रमका संयोजक एवं डेभिज फल सहकारीका उपाध्यक्ष पुष्प बरालले सहकारीहरु बिच खेलकुद मार्फत सहकार्य र भाइचारको सम्बन्ध बिस्तार गर्ने उद्देश्यले खेल आयोजना गरेको बताए । यसअघि प्रतियोगीताको उदघाटन डेभिजफल शहकारीका सल्लाहकार देवीबहादुर थापाले रेफ्री बेदबहादुर थापालाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । शहकारीका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र थापाले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top