मुक्तिनाथ विकास बैंक प्रमुख कार्यकारी पोखरेललाई अधिकृतमा चार वर्षको लागि नियुक्त

पोखरा, ३ चैत l मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेललाई नियुक्त गरेको छ । विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई चार वर्षको लागि नियुक्त गरेको हो ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका थिए । करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।

बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुने भएपछि पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो । यद्यपि पोखरेललाई बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेता पनि उहाँको कार्यकाल २०७५ जेष्ठ १ गते देखि लागु हुने छ l भने सो समयसम्म श्री ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहनु हुने बैंकले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top