अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

‘विमानमा सात सैनिक थिए, ती सबैको मृत्यु भएको विश्वास गरिएको छ,’ अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने। उनले थपे उनीहरु सवै जना अमेरिकी सेवाका सदस्यहरु रहेका थिए।

इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरु आउन बाँकी रहेको समाचारमा जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित