ग्रामिण शैक्षिक विकासमा लागी समुदायमा जागरण आवाश्यक

पोखरा, १ चैत। ग्रामिण शिक्षाको विकासका लागी आमसमुदायमा शैक्षिक जागरण आवाश्यक रहेको भविष्य निर्माण मावि कृष्तिका वि.व्य.स अध्यक्ष कमल कुमार भुजेलले बताएका छन् । शैक्षिक विकासका खातिर आमअभिभावकमा विद्यालय प्रतिको चासोमा समेत अभिवृद्धि आवाश्यक रहेको उनले बताएका थिए । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कृष्ति स्थित विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाई भैरहेको छ । चार सय भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गरिरहेको विद्यालयले आगामी शैक्षिक सत्रमा भर्ना अभियान संचालनको तयारी गरिरहेको छ ।

उक्त अभियान मार्फत विद्यालय क्षेत्र बाहिर रहेका सयौ विद्यार्थीहरुलाई विद्यालयको पहुँच सम्म ल्याउने योजना बनाईएको अध्यक्ष भुजेलले बताए । उनका अनुसार निजि विद्यालयहरुमा जाने विद्यार्थीहरुको संख्यालाई रोक्नका लागी विद्यालयमा कक्षा १ देखी ७ सम्म अग्रेजी माध्यमबाट पढाई संचालन गरिएको छ । भविष्य निर्माण माविमा भुतपुर्व विद्यार्थीहरुको सहयोगमा अहिले शिशु कक्षाका बालबालिकालाई कम्प्युटर माध्यमको सिकाई (ई—कलास) समेत संचालन गरिएको उनले बताएका थिए । आगामी शैक्षिक सत्रबाट पुर्ण रुपमा कम्प्युटर शिक्षा प्रदान गरिने अध्यक्ष भुजेलले बताएकाथिए ।

शिक्षकहरुका लागी पोशाक अनिवार्य, विद्यालय समयमा अनिवार्य उपस्थिती, अभिभावकहरुको निगरानी र अनुगमन लागायतका विषयहरुलाई नियमित गरिने विद्यालयका प्राध्यानाध्यापक राजेन्द्र सापकोटाले बताए । तिन वडा सुधिा सम्पन्न पक्की भवन भएको उक्त विद्यालयमा +२ मा व्यवस्थापन संकाय र एसइइका लागी होस्टेलको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । २००४ सालमा भाषा पाठशालाबाट पठनपाठन सुरु गरिएको उक्त विद्यालयमा अहिले २५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top