अहिले सम्म तपाइले नबुझेको कुरा विमानस्थलको ०२ र २० को रहस्य हेर्नुहोस ! किन अधिकांश जहाज  ०२ बाट अवतरण गर्छन् त ?

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एउटा मात्रै धावनमार्ग (रनवे) छ । सो रनवेका दुईवटा ‘हेडिङ’ अर्थात मुखहरु छन् । संसारभरिका जुनसुकै एयरपोर्टमा पनि एउटा रनवेका दुईवटा ‘हेडिङ’ हुन्छन् । र, दुबै हेडिङबाट विमान उडान वा अवतरण गर्न सकिन्छ । यसअर्थमा नेपालको विमानस्थलमा पनि दुबैतिरबाट अवतरण गर्न पाइन्छ, एउटा मात्रै मुखबाट अवतरण हुनुपर्छ भन्ने छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ०२ रनवे हेडिङ कोटेश्वरतर्फको भागमा पर्छ । यसको विपरीत रनवे २० को हेडिङ चाहिँ पशुपति क्षेत्रतर्फ पर्छ । २० हेडिङबाट विमान अवतरण गर्नका लागि उत्तरतर्फ पशुपति क्षेत्रतर्फबाट आउनुपर्ने हुन्छ भने ०२ हेडिङबाट अवतरण गर्दा ललितपुरतिरबाट उपत्यका छिरेको विमान कतै नघुमी सोझै विमानस्थलमा प्रवेश गर्न सक्छ । भिडियो हेर्नुहोस स्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित