सकुशल छोरा पाएकी धनमायाले दुध चुसाउनै पाईनन्, चिकित्सकको लापरबाहीले संसारै छाड्नुपर्यो

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, २७ फागुन । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ निर्मलपोखरी की ३२ वर्षीय धनमाया पोख्रेलको उपचारको क्रममा ज्यान गएको मृतकका भाई रमेश पोखरेलले जनाएका छन् । धनमायाको डाक्टरहरुको लापरबाहीको कारण ज्यान गएको आरोप लगाएका छन् ।

उनिहरुले बच्चाको रेखदेखको जिम्मा अस्पतालले लिनुपर्ने बताएका छन् ।

कसरी भयो यस्तो ?
धनमाया पेट दुखेर शुक्रबार अस्पताल गएकी थिईन् । पहिला डाक्टरले अप्रेसन गर्नुपर्ने बताएपनि शुक्रबार अस्पतालमा गएपछि धनमायाले सामान्य रुपमा छोरालाई जन्म दिईन् ।

नर्सहरुले बच्चा आफन्तलाई दिए तर केहि समय पछि सुत्केरीलाई भेट्न दिने आशामा परिवार बाहीर बसीरहेका थिए तर १ घण्टा वित्दा समेत धनमाया बाहीर निकालीएन र देवी आफै धनमायालाई भेट्न गईन् तर भित्र जान दिईएन । त्यतिबेलासम्म उनिहरुलाई धनमायाको रक्तश्राब भएकाले एकछिन् अझै भित्र राख्नुपर्छ भनिएको थियो ।

४ बजे राम्रोसंग बच्चा जन्माएकी धनमायालाई साँझ ७ बजे तिर पेट फुलेको भन्दै अप्रेसन गर्न लगियो । ७ बजेबाट साढे ११ बजेसम्म ६ जनाले डाक्टरले अप्रेसन गरिहेका थिए । डाक्टरले रगत मगाउदै गए आफन्तले रगत ल्याउदै दिदै गरे । ५ पोका रातो रगत र १ पोका सेतो रगत मगाए । जेठानी देवीले भन्छीन् – सेतो रगत मगाएपछि त मलाई लाग्यो अब भएछ क्यारे भएर ढुक्क भएर बस्यौँ । मेरो विरामीको सुधार हुने भयो भनेर खुसी भएर बसेँ ।

बच्चालाई लिएर बसीरहेका बेला करीब ३ बजेतिर फेरी १० नं.को बेडको बिरामीको कुरुवा को हुनुहुन्छ भन्दै बोलाईयो र फेरी रगत चाहियो भनेर मागियो । देवीलाई सोधियो तपाई बिरामीको को पर्नुहुन्छ ? देवीले आफु जेठानी भनेपछि यहाँ हस्ताक्षर गर्नुहोस भनियो र देवीले प्रश्न गरिन् किन के भयो र ? उताबाट जवाफ आयो रक्तचाप घट्यो ।

अप्रेसन गर्नुनै पर्ने डाक्टरले बताएपछि देवीले हस्ताक्षर गरिन् । त्यसपछि शनिबार ४ बजेदेखी ६ बजेसम्म अर्को अप्रेसन गरियो । शनिबार ७ जना डाक्टरले अप्रेसन गरेका थिए । त्यसपछि बिहान आईसियुमा ल्याईयो । र फेरी केहि पोका रगत चढाइयो । दिउसो १२ बजेतीर फेरी बोलाईयो र भनियो घाँटीबाट रगत दिनुपर्ने भयो र उपचारका क्रममा विरामीको ज्यान भयो भने अस्पताल र चिकित्सक जिम्मेवारी नहुने बताईयो । देवीले त्यसमा पनि हस्ताक्षर गरिन् र फर्किईन् ।

पछि २ बजेतीर डाक्टरले उनलाई ९९ प्रतिशत आस मार्न र १ प्रतिशत भगवानको प्रार्थना गर्न भनेका थिए । फेरी ४ बजे बोलाएर आफुहरुले सक्दो प्रयास गरेको तर नसेक्ने बताएका थिए । तर मृत घोषणा गरेका थिएनन् । तर देवीलाई आफ्नी देउरानी अब यो संसारमा छैनन् भन्ने लागिसकेको थियो । आईतबार बिहान ६ बजे चाही बोलाएर शब बुझ्न भनेपछि आफन्तले यो डाक्टर र नर्सहरुको लापरबाहीको कारण धनमायाको ज्यान गएको बताएका छन् ।

अन्तत ः हिडेर नै अस्पताल आएर सकुशल छोरा जन्माएकी धनमायाले आफ्नो पहिलो सन्तानलाई एक पटक पनि दुध चुसाउन पाईनन् र संसार छोडेर गईन् ।

आफन्तको भनाई अनुसार सालनाल काट्ने प्रक्रियामा नै धनमायाको अवस्थामा समस्या भएको हो । उनिहरुले अस्पतालमा हुने यस्ता लापरबाही रोकिनुपर्ने र आगामी दिनमा यस्तो घटना दोहोरीन नदिन अस्पतालले प्रतिवद्धता जनाउनुपर्ने र २ दिनको बालकलाई हुर्काउन अस्पतालले जिम्मा लिनुपर्ने बताएका छन् ।

यसैबीच अस्पताल प्रशासन र पिडित पक्षबीच छलफल पनि भएको छ । छलफलका क्रममा चिकित्सकले आफुहरुको गल्ति भएको भन्दै माफी दिन अनुरोध गरेको मृतकका भाई रमेशले बताएका छन् ।

बच्चा कसले हुर्काउने ?

धनमायाका श्रीमान उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै छन् । उनको काँधको नशामा समस्या आएपछि उनि त्यहि उपचार गराईरहेका छन् । घरमा उनको आर्थिक अवस्था कमजोर रहेको छ । बच्चा लाई स्याहार सुसार गर्ने कोहि छैन अब यो बच्चा कसले कसरी हुर्काउने भन्ने अन्यौल आफन्तबीचमा नै देखिएको छ । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top