स्कुटर चोरी गर्ने ३ जना  अपराधी पक्राउ

काठमाडौं, २५ फागुन। राजधानीका विभिन्न स्थालमा रहेका पार्किङ स्थलबाट स्कुटर चोरी गर्ने गिरोहका ३ जना   अपराधी पक्राउ l पक्राउ पर्नेमा काभ्रेको धुलिखेल–५ घर भइ डल्लु बस्दै आएका १८ वर्षीय दिपक लामा, काठमाडौं–१९, मरुहिटीका २० वर्षीय रोशन जोशी र सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भइ काठमाडौंको डल्लु बस्दै आएका १८ वर्षीय सुसान आले मगर रहेका छन् ।

उनीहरुले नक्कली चाबीको प्रयोगबाट स्कुर चोरी गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार बेलुकी पचली मन्दिर परिसर अगाडि स्कुटर चोरी गरेर हिँड्दै गर्दा पक्राउ पक्राउ परेका हुन्।

उनीहरुको साथबाट बा ५३ प ३३९१, ग ५ प १९१७ र बा ५३ प ३६२५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै, स्कुटर चोरी गर्न प्रयोग गरिने एउटा चाबी पनि बरामद भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top