fbpx

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री नेता बालकृष्ण खाँण पक्राउ

author

समाचारपाटी

१२ महिना अगाडि

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ पर्नुभएकाे छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयाे। 

कार्कीका अनुसार खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो। यस अगाडि नै पक्राउ गर्ने चेतावनीपश्चात अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको हो। तर शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको जनाएको छ।

 नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता र सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि पछिल्लो समयमा कारबाही गर्न दबाब परेको छ।

 प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई  पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुरलगायत केही फरार रहेका जनाइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार काठमाडौंको शंखमूलबाट टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पनि पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रवीन्द्र रेग्मीले बताउनुभयाे। पक्राउ परेकाहरूले  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ। 

annapurnapost


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.८२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन