किशोरीलाई नायिका बनाउने प्रलोभनमा पटक पटक बलात्कार गर्ने फोटोग्राफर पक्राउ

काठमाडौं,२४ फागुन । नायिका बनाइदिन्छु भन्दै किशोरीको बलात्कार गर्ने एक फोटोग्राफर पक्राउ परेका छन् । चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए।

फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर यौनशोषण गरेको पिडित किशोरीको आरोप छ । सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर बलात्कार गरेका तामाङले पछि गौशालाको होटलमा बोलाएर नायिका बनाइदिने भन्दै सम्बन्ध राखेर फरार भएका थिए ।

फेसबुकमार्फत चिनजान भएकी युवतीसँग पटक पटक शारीरिक सम्बन्ध राखेपछि फरार रहेका तामाङलाई करणी मुद्दामा कारबाही अघि बढाइएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनी सामान्य कार्यक्रम तथा बिहेहरुमा फोटो खिच्ने काम गर्दै आएका थिए।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top