पोखरामा अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सम्पन्न

पोखरामा अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन भएको छ। सम्मेलनमा १० देशका युवा बैज्ञानिक गरी एक सय ५० जनाको सहभागिता रहेको थियो। सो अवसरमा सात्विक नेपाल पोखरा लेखनाथ र ज्योनम इन्स्टिच्युट अफ नेचुरल रिसोर्स्, दक्षिण कोरियाका बिच एक सम्झौता पत्रमा समेत हस्ताक्षर सम्पन्न भएको थियो । सात्विक नेपालको तर्फ बाट संस्था का अध्यक्ष हरी प्रसाद लामिछाने र ज्योनम इन्स्टिच्युट अफ नेचुरल रिसोर्स् दक्षिण कोरियाको तर्फ बाट डा. सङ राक सङ बिच हस्ताक्षर भएको थियो । सात्विक नेपालका बैज्ञानिक डा. अमृत पौडेलका अनुसार उक्त संझौताले दुबै संस्थासंग सम्वन्धित वैज्ञानिकहरु तथा विशेषज्ञहरु नेपाल तथा दक्षिण कोरीयामा आउने तथा जाने वातावरण मिलि दुबै देशको जैविक विविधता तथा जैबिक स्रोत सम्वन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने र समय सापेक्ष सम्वन्धित बैज्ञानिक एवं विषय विज्ञहरुको भेला गराई कार्यशाला गोष्ठि, सेमिनार कन्फरेन्स् तथा सिम्पोजियम संचालन गरि छलफलका माध्यमवाट महत्वपूर्ण निर्णय लिन ठूलो सहयोग मिल्ने कुरा बताउनु भयो । दुबै संस्था मार्फत दुबै देशको संस्कृति, भाषा र अन्य महत्वपूर्ण विषयहरुको अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि पनि सहज बातावरण मिल्ने छ । नाष्टका उपकुलपति प्रा.डा. जिवराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलम को सात्विन नेपालका अध्यक्ष हरिप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित