बेपत्ता हरीको स्मृतीमा  प्रतिक्षालय स्थापना

पोखरा, २० फागुन । द्धन्दकालीन समयमा राज्य पक्षवाट वेपता पारीएका पोखरा लेखनाथ महानगर पालीका वडा नम्वर २४ कास्कीकोटका हरी प्रसाद पौडेलको स्मृतीमा गुप्तकाली मन्दीर परीसरमा प्रतिक्षालय स्थापना गरीएको छ । कास्कीकोटमा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ क का सासंद राम्जी प्रसाद वरालले उद्घाटन गरेका छन् । प्रमुख अतिथी वरालले वेपता तथा शहिद वेपताहरुको लागी प्रदेश वाट गर्नु पर्ने कार्यको कुनै कसर वाकी नराख्ने भन्दै धार्मीक क्षेत्रमा निमार्ण गरीएको प्रतिक्षालयले सवैलाई फाइदा हुने भन्दै हरी पौडेल एक सच्चा राष्ट भक्त  रहेको वताए ।

वि.स. २०५८ साल मंसीर २६ गते वेपता पारीएका पौडेल अवस्था अझै अज्ञात रहेको छ  । कार्यक्रमका विवेष अतिथी वार्ड नम्वर २४ का  अध्यक्ष ओमप्रसाद सुवेदीले सवै मिलेर कास्कीकोट विकास मा लाग्न आग्रर्ह गर्दे हरीको स्मृती प्रतीक्षालयका वाकी रहेका कामहरु पनि समयमानै गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रममा गुप्तकाली धामीक क्षेत्र वीकास समितीका टिकाराम त्रिपाठी,वेपता योद्धा परिवार समाजका अध्यक्ष अणनाथ वराल ,नेपाल राष्टीय व्यवसायी संगठनका  जनक पराजुली कार्यक्रममा हरी पौडेलको सम्झना गरेका थिए ।

हरी पौडेल सदैव देश जनता र कास्कीकोटको विकास तथा संरक्षणमा लागीरहने व्यक्ति रहेको सहभागीहरुले विचार राखेका थिए निमार्ण समितीका सदस्य चित्रा चटराईले स्वागत मन्तव्यराखेको कार्यक्रमा तिन हजार भन्दा वढी आर्थीक सहयोग गर्ने सहयोगीदाताहरु ओम प्रसाद सुवेदी , जनक पराजुली,विष्णुहरी तिमील्सीना,तेजेन्द्र पौडेल चित्रा सुवेदी भटराईलाई कार्यक्रममा सम्मान समेत गरीएको थियो । नेकपा माओवादी कास्कीकोट अध्यक्ष विष्णुहरी तिमील्सीनाले संचालन गरेको कार्यक्रम निमार्ण समितीका अध्यक्ष चुडामणी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतिक्षालयका संरक्षक शालीकराम पौडेलका परीवारले प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top