श्रीदेवी को निधन हुदा श्रीदेवीका श्रीमान (बोनी) सगै थिए, यस्तो रहस्यमय बन्दै छ श्रीदेवी को मृत्य राज

२० फागुन l दिवंगत अभिनेत्री श्रीदेवीका श्रीमान बोनी कपुरले २४ फेब्रुअरीको राति भएको घटनाक्रम सार्वजनिक गरेका छन्। २४ फेब्रुअरी राति श्रीदेवीको दुबईको एक होटलको कोठाको बाथ टबमा डुबेर निधन भएको थियो।

बोनी कपुर आफू कसरी आफ्नी श्रीमतीलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए, कसरी उनले श्रीदेवीसँग अंकमाल गरेका थिए र एकअर्कालाई चुम्बन गरेका थिए र दुई घण्टापछि कसरी श्रीदेवीको श्रीदेवी पानीले भरिएको बाथटपमा डुबेको अवस्थामा फेला परेकी थिइन भन्ने सबै कुरा सार्वजनिक गरेका छन्।

बोनी कपुरले आफ्नो तीन वर्ष साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरीको राति घटेको घटनाका बारेमा बताएका छन्। कोमल नाहटाले यो कुराकानीलाई आफ्नो ब्लगमा प्रकाशित गरेका छन् र त्यसलाई ट्विटरमा शेयर गरेका छन्।

बोनीले नाहटालाई बताए अनुसार २४ वर्षमा केवल दुई पटक यस्तो भयो, श्रीमान श्रीमती सँगै विदेश नगएका हुन्। फिल्मसँग सम्बन्धित कामकालागि एक पटक श्रीदेवी न्युजर्सी र एक पटक वैंकुवर गएकी थिइन्। ‘यी दुवै यात्रामा म श्रीदेवीसँग जान पाएको थिइन्। तर, मैले के कुरामा ढुक्क थिएँ भने मेरो साथीकी श्रीमती उनको साथमा थिइन्। दुबई एक मात्र विदेश यात्रा थियो जब श्रीदेवी दुई दिनसम्म (२२देखि २३ फेब्रुअरी)सम्म एक्लै थिइन,’ बोनीले नाहटासँग भनेका छन्।

बोनी, श्रीदेवी र खुशी एक पारिवारिक विवाह समारोहकालागि दुबई पुगेका थिए। जुन विवाह २० फेब्रुअरीमा सम्पन्न भएको थियो। बोनीको लखनउमा एक महत्वपूर्ण बैठक थियो। जसकालागि उनी भारत आएका थिए। श्रीदेवी दुवई नै बस्ने तय भएको थियो। किनभने उनले छोरी जाह्नवीकालागि शपिङ गर्नु थियो।

‘जाह्नवीको शपिङ लिस्ट श्रीदेवीको फोनमा थियो। तर उनी २१ फेब्रुअरीमा शपिङ गर्न जान सकिनन्। किनभने उनको फोन रस–अल–आइमाहमा छुटेको थियो। धेरै जसो समय श्रीदेवीले आफ्नो होटलको कोठामा नै विताइन,’ नाहटाले लेखेको छन्।

बोनीले नाहटासँग भने, ‘२४ फेब्रुअरीको विहान मेरो श्रीदेवीसँग कुराकानी भयो। जब श्रीदेवीले मलाइ बताइन् पापा (श्रीदेवी बोनीलाइ पापा भनेर सम्वोधन गर्थिन) म तपाइँलाई मिस गरिरहेकी छु। तर मैले उनलाई त्यही साँझ दुबई आउने कुरा बताइन। जाह्नवी पनि म दुबई जाउँ भन्ने चाहन्थिन्। किनभने श्रीदेवीलाई एक्लै बस्ने बानी थिएन। उनी आफ्नो पासपोर्ट वा जरुरी दस्तावेज हराउन सक्थिन्।’

नाहटा लेख्छन्, ‘ बोनीले आफ्नी श्रीमती र दुई छोरीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह इमिरेट्स टावर्ट होटल पुगेर सरप्राइज दिए। बोनीले होटलको डुप्लिकेट चावी लिएर श्रीदेवीको कोठा खोले। दुवै जना टिनएज प्रेमी जस्तै देखिए।’

पछि बोनी फ्रेश हुन गए। बाथरुमबाट आए उनले श्रीदेवीलाई दुवै जना रोमान्टिक डिनरमा जाने प्रस्ताव परे। त्यही भएर उनले शपिङ गर्ने कार्यक्रम रद्द गर्न आग्रह गरे। भारत फर्किने टिकट परिवर्तन गर्नुपर्ने थियो किनभने दुवै जनाले २५ फेब्रुअरीमा सँगै भारत फर्किने निधो गरेका थिए। शपिङकालागि २५ फेब्रुअरीमा शपिङकालागि प्रशस्त समय हुन्थ्यो। श्रीदेवी पनि अब रिल्याक्स गर्ने मूडमा थिइन्। रोमान्टिक डिनरकालागि तयार हुन उनी नुहाउन गइन्।

बोनीले नाहटासँग भने, ‘ म लिभिङ रुपमा गएँ। श्रीदेवी मास्टर बाथरुममा नुहाउन र तयार हुन गइन्। लिभिङ रुममा बोनी दक्षिण अफ्रीका र भारतको क्रिकेट म्याचको अपडेट लिन टिभी च्यानल घुमाउन थाले। फेरि उनले पाकिस्तान सुपर लिगको एक खेलको हाइलाइटस् हेर्न थाले। उनले १५–२० मिनेट खेल हेरे। फेरि उनलाई के लाग्यो भने ढिला भयो भने शनिबार सबै रेष्टुरेण्टमा भीड हुनसक्छ।’

त्यतिबेला करिव आठ बजेको थियो होला। अनि बोनीले श्रीदेवीलाई लिभिङ रुमबाट बोलाए। उनले दुई पटक श्रीदेवीलाई बोलाए। उनले टिभीको आवाज सानो बनाए। तर श्रीदेवीको चालचोल आएन। उनी फेरि बेडरुममा गएर ढोका ढकढक्याए, श्रीदेवीलाई बोलाए। भित्र पानीको धारो खुला भएको आवाज सुनेर जान जान भन्दै श्रीदेवीलाई बोलाए।

त्यतिबेलासम्म भित्रबाट कुनै पनि आवाज आएन। बोनी आत्तिए उनले जोडसँग धक्का दिएर बाथरुमको ढोका खोले। ढोका भित्रबाट बन्द थिएन। बोनी आत्तिएका थिए, उनले भित्रको जुन दृष्य देख्दै थिए, त्यसकालागि बोनी तयार थिएनन्। बाथटप पानीले पूरै भरिएको थियो र त्यसमा श्रीदेवी पूरै डुबेकी थिइन्। शीरदेखि औंलासम्म पूरै डुबेका थिए। बोनी आत्तिँदै श्रीदेवी भएको ठाउँमा पुगे। तर, श्रीदेवीको शरीरमा कुनै चाल थिएन।

नाहटा लेख्छन्, ‘जे भयो त्यसकालागि म तयार थिइन । उनी पहिला डुबिन र बोहोर भइन वा बेहोस भएर डुविन्, यो कसैलाई थाहा छैन। बाथटपबाट अलिकति पनि पानी झरेको थिएन। श्रीदेवीलाई शायद एक मिनेटसम्म संघर्षगर्ने समय पनि मिलेन। किनभने उनले डुब्ला आफ्ना हात खुट्टा चलाएकी भए पानी बाथटपबाट बाहिर आउँथ्यो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

scroll to top