ब्लड ग्रुप बाट थाहा पाउनुहोस् मानिस स्वभाब कस्तो छ भनेर

मानिसको स्वभाब ब्लड अनुसार हुने गर्दछ । त्यसैले मनिष पिच्छे ब्लड ग्रुप फरक हुने गर्दछ । तपाईं आफ्नो जीवनसाथी छायान गर्न चाहनुहुन्छ ? जापानमा केटा र केटीको ब्लड ग्रुप अनुसार नै उसका लागि जीवनसाथी चयन गर्ने गरिन्छ । कतिपय एसियाली देशहरूमा त कुनै पनि व्यक्तिको स्वभाव उसको ब्लड ग्रुपबाट नै पत्ता लगाउन सकिने मान्यता छ ।

कुन ब्लड ग्रुप भएका ब्यक्ती कस्ता स्वभाबका हुन्छन् ? हेर्नुहोस् कुन ब्लड ग्रुपका कस्ता ?

A : टाइप ए ब्लड ग्रुप भएका मानिस राम्रो रोल मोडेल बन्ने गर्छन् । किनकी उसमा सफलता हासिल गर्ने क्षमता निकै बढी हुन्छ । टाइप ए ब्लड ग्रुपका मानिसले सबैलाई सँगै लिएर हिँड्न रुचाउँछन् । ए ब्लड ग्रुप भएका व्यक्तिको स्वभाव कोमल, जिम्मेवार, संवेदनशील र जीवनमा राम्रो साथी बन्ने गर्छन् । यो ब्लड ग्रुपका मानिसले आफूभन्दा पहिले अर्काको बारेमा सोच्ने गर्छन् । ए ब्लड ग्रुप भएका व्यक्ति धेरै सोच्ने हुन्छन् जसले गर्दा तनावमा पनि धेरै पर्छन ।
B : एबी ब्लड ग्रुपका व्यक्ति निकै शान्त स्वभावका हुन्छ । यिनीहरु निकै स्मार्ट र इन्टेलिजेन्ट हुन्छन् । एबी ब्लड ग्रुपका मानिसले सजिलै अरुमाथि विश्वास गर्दैनन् । यिनीहरू राम्रो र विश्वासिलो साथी बन्ने गर्छन् । यो ब्लड ग्रुप भएका व्यक्तिहरु निकै सफा हृदयका हुन्छन् । जस्तो भित्री सोच हुन्छ त्यस्तै दर्शाउने गर्छन् ।
C : टाइप बी ब्लड ग्रुप भएका मानिस जो सँग पनि चाँडै घुलमिल गर्न सक्ने क्षमताका हुन्छन् । अर्थात् यो ब्लड ग्रुप भएका मानिस निकै मिलनसार हुन्छन् ।
बी ब्लड ग्रुप भएका मानिस निकै मिहेनती हुन्छन् । यि व्यक्तिहरू जीवनमा सबै काम आफ्नै मिहिनेतले प्राप्त गर्न चाहन्छन् । बी ब्लड ग्रुप भएका व्यक्ति सत्य बोल्नमा विश्वास राख्छन् । साथै यिनीहरू निकै जिद्दी पनि हुन्छन्, जसले गर्दा सजिलै कसैको पनि कुरा मान्दैनन् ।
O : ओ ब्लड ग्रुप भएका मानिस निकै सकारात्मक विचार र आत्मविश्वासी हुन्छन् । यिनीहरूमा एक राम्रो लिडर बन्ने गुण हुन्छ । ओ ब्लड ग्रुप भएका व्यक्ति निकै मिहिनेती पनि हुन्छन् । यिनीहरूमा सबै भन्दा बढी सफलता हासिल गर्ने क्षमता हुन्छ । साथै ओ ब्लड ग्रुपका व्यक्तिले अरुलाई खुशी राख्नमा बढी विश्वास गर्छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top