प्युरिदोभानमा फागुपुर्णिमा मेला

पोखरा, १६ फागुन । कास्की, लमजुङ र तनहुँको ऐतिहासिक संगम स्थल प्युरीदोभानमा फागुन १८ र १९ गते फागुपुर्णिमा मेला आयोजना गरिने भएको छ । स्थानिय व्राईट फ्र्युचर युवाक्लव पुतली वजार नगरपालिका वडा नं ६ टक्सारले फागुपुर्णिमामा मेला आयोजना गर्न लागेको यो सातौ सस्करण हो ।

मेलावाट आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । प्युरीदोभान आँफैमा ऐतिहासिक स्थल हो । वाईसे चौविसे राजाका पालाका भग्नावशेष समेत त्यहा देख्न पाईन्छ । तत्कालीन राजा मानदेवले त्यहीवाट आफ्नो शासन चलाउदथे । राजा मानदेवको पालाको भग्नावशेस सैन्य भवनले त्यस क्षेत्रको ऐतिहासिक महत्व अझ वढी दर्शाउदै आएको छ । प्राचिन कालदेखी नै फागु पुर्णिमाको भोलीपल्टवाट होलीदेवीको पुजागरी सार्वजनीक मेला लाग्ने प्रचलन रहेको स्थानीयवासि वताउछन् ।

मेलामा होली खेल्नुका साथै दर्शकको मनोरञ्जनका लागी राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारले आफ्नो कला प्रस्तुती गर्ने छन् । सो अवसरमा , कृषि सामाग्रीको प्रदर्शनी, लाखे नाच, ठाडो भाकाका गित , वडा स्तरीय भलीवल प्रतियोगिता, छेलो फाल्ने, सय मिटरको महिला दौड लगाएतका प्रतियोगिता समेत समावेस गरिएकाु मेलाको सास्कृतीक उपसमितिका संयोजक विमल गुरुङले वताए ।

मेलावाट स्थानीय कृषि उत्पादनको वेचविखन तथा प्रवर्दन हुनुका साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुग्ने मेला आयोजक समितिका संयोजक राजकुमार खत्रीले वताए । मेलालाई सफल वनाउन अतिथि सत्कार, आर्थिक, सास्कृतीक, मञ्च व्ववस्थापन लगाएतका विभिन्न आठवटा उपसमितिहरु समेत गठन गरिएको क्लवका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

दुई दिनसम्म चल्ने उक्त मेलाको प्रदेश नं चारका आन्तरिक मामीला तथा कानून मन्त्री हरिवहादुर चुमानले उद्घाटन गर्ने छन् । मेला सम्पन्न गर्न सात लाख ७६ हजार रुपया र्ख लाग्ने अनुमान गरिएको मेला संयोजक राजकुमार खत्रीले वताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top