भारतीय ट्रक र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ३० जना घाइते

 बुटवल, ११ फागुन । नवलपरासीमा भारतीय ट्रक र यात्रुबहाक बस एक आपसमा ठोक्किदा ३० जना घाइते भएका छन् । घाइते मध्ये तीन जना गम्भीर छन् । सुनवल नगरपालिका-१२ हरकट्टामा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

काठमाडौंबाट बुटवल आउँदै गरेको लु २ ख १६०५ नम्बरको यात्रुबाहक बसको टायर पड्केर बिपरीत दिशाबाट गुडिरहेको यु.पी.८३ ए.टी.३९६६ नम्बरको भारतीय ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइतेहरुको बुटवलको लुम्बिनी अञ्चल अस्पताल र जेनस अस्पिटलमा उपचार भइहरेको छ ।

अन्य समान्य घाइतेहरुको सामुदायिक अस्पताल भुमहिमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । दुर्घटनामा परेका दुईवटै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ  भने दुर्घटनापछि केहिबेर पूर्बपश्चिम महेन्द्रराजमार्ग अबरुद्ध भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top