बनेपामा खोनपानी संस्थानले वितरण गर्ने पानीको धारामा रगत आउन थाल्यो(भिडियो)

तीन दिन भयो बनेपामा खोनपानी संस्थानले वितरण गर्ने पानीको धारामा रगत आउन थालेको छ । बनेपा-८ र ९ स्थित दक्षु टोल, कसाई टोल र पुरानो बजारमा वितरण भएको पानीमा लगातार रगत र गनाउने ढल आउन थालेको हो । खानेपानीको धारामा रगत र ढल आउन थालेपछि स्थानीयबासीले मंगलबार बनेपा नगरपालिका पुगेर उजुरी नै गरेका छन् ।

दक्षु टोलका कृष्णबहादुर शाहीले खानेपानी संस्थान र नगरपालिका जिम्मेवार नबनेको गुनासो गरेका छन् । बोतलमा भरेर रगत मिसिएको पानी बोकेर स्थानीयबासी नगरपालिकामै पुगेपछि कसरी यस्तो भयो भन्ने खोजी सुरु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित