fbpx

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा करुणनीधि एजुकेशन फाउन्डेशन, सगरमाथा मावि, कास्की मोडनाइ र जेसिए प्रबेश गरेका छन् ।

केफले सगरमाथालाई पेनाल्टि सुट आउटमा हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । निधारीत २० मिनेटको समयमा एक एक गोल भएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । त्यसै गरी सगरमाथा ए ले लिटिल स्टेपलाई ५–३ गोल अन्तरले, माउन्ट अन्नपुर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोलले हराउदै सेमिफाइनलमा प्रबेश गरेका हुन् ।

शनिबार भएको पहिलो खेलमा सगरमाथा विले बालोदयलाई ६–२, लिटिल स्टेपले प्रतिभा माविलाई १–०, केफले स्पाइरल ग्यालेक्सिलाई ३–१, सगरमाथाले सिशुनिकेतनलाई ४–१ ले, माउन्ट अन्नपुर्णले डाइमण्ड स्कुललाई २–१ ले, जेसिएले प्रगती बोडिङ स्कुललाई २–१, कास्की मोडनाइजले रेम्बो एकेडेमीलाई ३–१ ले र सृजनाले ग्लोबल कलेजियटलाई ट्राइबेकरमा हराउँदै क्वाटरफाइनलमा प्रबेश गरेका थिए ।

आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा २९ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिनुभयाे । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उहाँले बताउनुभयाे । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३२.०३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन