रेन्वोमा पुरस्कार वितरण

पोखरा, ७ फागुन । रेन्वो एकेडेमिक होम्स मावि, पोखरा १५, कोलपाटनको २२ औं पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा गत वर्षको शैक्षिक तथा यस वर्ष अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कारसहित नगद र ट्रफी वितरण गरिएको हो ।

प्रमुख अतिथि वडाध्यक्ष प्रकाश पौडेल, विशेष अतिथि क्षेत्रीय शिक्षा निर्देशनालयका परीक्षा शाखा प्रमुख उपसचिव बद्री सुवेदी, विद्यालयका संस्थापक एवं व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्रिन्सिपल बाबुराम बराल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

उक्त अवसरमा रेन्वो अवार्डबाट छात्र सुदीपराज आचार्य सम्मानित हुँदा सविन गुरुङ स्मृति छात्रवृत्ति छात्रतर्फ सुदीप राई र छात्रातर्फ अनिता बिकलाई प्रदान गरिएको विद्यालयका भाइस प्रिन्सिपल कृष्णप्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रममा प्रि–नर्सरीदेखि कक्षा १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापतर्फ विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कार दिइएको विद्यालयका कार्यक्रम संयोजक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रि–प्राइमरीमा प्रेरणा पुन, जस्मिन क्षत्री र एरिका राना तथा सौगात आले क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

प्राइमरीतर्फ साल्वि गुरुङ, अमर्या खड्का र विटुस राना क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदा लवर सेकेण्डरीमा सुष्मा आचार्य, संजोग भट्टराई र गौरव भुजेल क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

सेकेण्डरीमा रेश्मा मल्ल र सुदीप आचार्य प्रथम हुँदा सुमीन गुरुङ द्वितीय र अमिषा थापा तथा मनिष केसी तृतीय भए ।

कक्षा ११ र १२ तर्फ सोनिया गर्बुजा र मोना राना क्रमशः प्रथम र द्वितीय हुँदा योगेन्द्र थापा तथा महेन्द्र मल्ल तृतीय भए ।

विद्यालय प्राङ्णमा विभिन्न सांस्कृतिक कार्यक्रमबीच भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष प्रकाश पौडेलले अबका विद्यार्थीमा संस्कारसहितको शिक्षा आवश्यक रहेकोमा जोड दिए ।

विद्यालय प्रिन्सिपल बाबुराम बरालले २०५२ सालमा स्थापित विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आपूmलाई अगाडि बढाएको बताउँदै विद्यार्थीको लागि आवश्यक सम्पूर्ण सुविधा रहेको जिकिर गरे । विद्यालयमा हाल १ हजार २ सय ११ विद्यार्थी र शिक्षक तथा कर्मचारी गरी ७६ जना कार्यरत रहेको उनले जनाए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव बद्री पौडेल, विद्यालय सल्लाहकार जगन्नाथ भण्डारी, पत्रकार विजय नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संचालन विद्यालयका कार्यक्रम संयोजक रुद्रप्रसाद पौडेलले गरेको कार्यक्रममा भाइस प्रिन्सिपल खेमनारायण ढकालले कार्यक्रम औचित्यमाथि प्रकाश पारेका थिए । स्वागत विद्यार्थी सोनिया गुरुङले गरेकी थिइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित