कालिका बहुमुखी क्याम्पसमा लागुऔषध दुब्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम

गिता राना मगर, पोखरा ७ फागुन । कालिका बहुमुखी क्याम्पस काजीपोखरीमा लागुऔषध तथा दुब्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लागुऔषध ब्युरो क्षेत्रिय कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले क्याम्पस लेभलमा अध्ययन गर्ने विद्यार्थीहरु लागुऔषधको लतमा फस्न सक्ने भएकाले अभिभावकहरुले यसबारेमा ध्यान दिनुपर्नेमा जोड दिए ।

लागु औषधको लत आफैमा खतरा भएको र यसले विभिन्न दुर्घटनाहरु निम्त्याउने भएकाले यसलाई समाजले हेर्ने दृष्टीकोण पनि फरक रहेको वताउदै गुरुङले विद्यालय स्तरबाट प्लस टु पढ्ने उमेरका युवा युवतीहरुले लागुऔषधको दुब्र्यसनीमा नलागी आफ्नो भविष्यतर्फ ध्यान दिनुपर्ने समेत वताए ।

त्यस्तै सचेतना कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिदै लागुऔषध ब्युरो क्षेत्रिय कार्यालय पोखराका प्रहरी नायव निरीक्षक बिद्याधर त्रिपाठीले लागुऔषध प्रयोग गर्दाको असर र यसले समाजमा पार्ने नकारात्मक असरहरुको वारेमा जानकारी दिएका थिए । लागुऔषध महाअभियान वडा नम्बर १० का संयोजक सीमा गुरुङले आफुहरुको तर्फबाट पनि समाजमा लागुऔषध नियन्त्रणको बारेमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको सन्दर्भमा लायन्स क्लवले क्याम्पसमा आयोजना गरेको कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने वताइन ।

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका पूर्व अध्यक्ष राजु श्रेष्ठको कार्यक्रम संयोजन तथा क्लवका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सुक बहादुर गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने क्लवका सचिव सुरेन्द्रमान गिरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित