रुसी नागरिक विरुद्ध गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप

काठमाडौं, ५ फागुन  । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिक विरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ । काठमाडौं, फागुन ५ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

एफबीआईले यी रुसी नागरिकले गैरकानुनी रुपमा अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएको हो । यीमध्ये तीन जनाले प्रविधिको सहायताले अरुको परिचय थाहा पाउने काम गरेको एफबीआईले बताएको छ । त्यस्तै चुनावमा हस्तक्षेप गर्नेमा तीन रुसी कम्पनी पनि सामेल भएको बताइएको छ ।

चार्जसिटका अनुसार आरोपी रुसी नागरिकले आफूलाई अमेरिकी नागरिक भएको बताउँदै बैंक खाता खोलेको र राजनीतिक विज्ञापनका लागि हजारौँ डलर खर्च गर्दै अमेरिकामा राजनीतिक र्‍यालीको आयोजना गरेका थिए । त्यस्तै यीनीहरुले अमेरिकी नागरिकको नाममा नक्कली फेसबुक एकाउन्ट खोलेर राजनीतिक टिकाटिप्पणीसहित पोस्ट पनि गर्ने गरेका थिए ।

उनीहरुले हिलारी क्लिन्टनको कदलाई सानो बनाउन हरसम्भव प्रयास गरेको बताइएको छ । आरोपी रुसी नागरिकले प्रतिमहिना १२ लाख ५० हजार डलर अमेरिकी चुनावलाई प्रभावित गर्न खर्च गरेको आरोप लागेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित