कास्कीका नेतालाई मन्त्री नबनाएको भन्दै मजदुरहरुको असन्तुष्टि

समाचारपाटी, पोखरा, ५ फागुन । प्रदेश नं. ४ को प्रदेश सरकारमा माओवादी केन्द्र कास्कीका नेताहरु नपरेको भन्दै कास्कीका मजदुर नेताहरुले पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश नं. ४ को निर्विकल्प राजधानीको रुपमा रहेको पोखरा र यसै जिल्लाबाट विजेता सांसद मन्त्री नबनाउने निर्णय सच्याउनुपर्ने उनिहरुको माग रहेको छ ।

रुद्र गौतम, लिला बहादुर जिसी, नविन अधिकारी लगायतका नेताको नेतृत्वमा गएको एक टोलिले नेकपा माओवादी केन्द्र ४ नं. प्रदेश कार्यालयका सचिव आसबहादुर रोका मार्फत प्रदेश, जिल्ला कमीटी र दलका नेतालाई ज्ञापनपत्र बुझाउने उनिहरुको भनाई रहेको छ ।

ज्ञापनपत्र बुझ्दै रोकाले ज्ञापनपत्र आफुले पार्टी संयोजककोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शुक्रबार प्रदेश नं. ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ भने एमालेबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रामशरण बस्नेत नियुक्त हुनुभएको छ । शुक्रबार एकै दिन दोश्रो पटक मन्त्रीपरिषद बीस्तार गरि माओवादी केन्द्रबाट तनहुँका हरीबहादुर चुमान आर्थीक मामिला तथा कानुन र लेखबहादुर थापा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट कास्कीका नेता मन्त्रीमा सफिारीसमा नपरेपछि विवाद र असन्तुष्टि भएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top