प्रदेश नं. ४ काे मुख्यमन्त्री कार्यालयका गतिविधि संसारभरबाट हेर्न पाईने, सिएम गुरुङले गरे वेवसाइटकाे शुभारम्भ

समाचारपाटी, पोखरा, ४ फाल्गुण । प्रदेश नं. ४ मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ गर्ने बित्तिकै कार्यालयका गतिबिधि अब संसारभरबाट हेर्न पाइने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आज वेवसाइट सार्वजनिक गरेको हो । उक्त वेवसाइटको सिएम गुरुङले औपचारीक रुपमा सार्वजनिक भएको घोषणा गर्नुभयो ।

www.p4ocmcm.gov.np बाट मन्त्रीपरिषद कार्यालयका गतिविधि हेर्न सकिनेछ ।


कार्यालयका काम र गतिविधि सार्वजनिक गर्नको लागि वेवसाइट सुरुवात गरेको मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो । कार्यालयका सबै गतिविधि छिटो छरितो सर्वसाधारणले जानकारी पाउन भन्ने उद्देश्यले वेवसाइटको सुरुवात गरिएको मन्त्तीपरिषदको कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित