प्रदेश नं. ४ को पहिलो मन्त्रीपरिषद बैठकका यस्ता छन् निर्णय, उज्यालो प्रदेश कार्यक्रम सार्वजनिक

समाचारपाटी, पोखरा, ४ फाल्गुण । प्रदेश नं. ४ को पहिलो मन्त्रीपरिषद बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । प्रदेश सरकारले लिने नीतिहरु प्रदेश सरकारका प्रवक्ता एवं नव नियुक्त उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले सार्वजनिक गरेका थिए ।

सरकारले ५ वर्षमा यो प्रदेशलाई उज्यालो बनाउने, ५ वर्षमा अन्तराष्ट्रि सम्मेलन केन्द्र बनाउने लगायतका निति बनाएको हो ।

सरकारले आगामी पाँच वर्ष भित्र अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न सम्मेलन केन्द्र स्थापना गर्ने, उज्यालो प्रदेश कार्यक्रम अन्तरगत दई वर्षमा सवै गाँउ वस्तिमा विद्युत सेवा उपलब्ध गराउने, आगामी पाँच वर्ष भित्रमा अत्याधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटुरोग तथा मृगौलारोग उपचार केन्द्रको स्थापना गर्ने नीति प्रदेश सरकारले लिएको छ ।

यस्तै पाँच वर्ष भित्रमा स्थानिय तहको केन्द्रलाई प्रदेश राजधानीसंग स्तरीय सडक संजालले जोड्ने, स्थानिय तहसंगको सहकार्यमा दुई वर्ष भित्रमा प्रत्येक गाँउबस्तीमा पिउने पानीको व्यवस्था गर्ने र प्रदेशमा बोलिने सम्पुर्ण भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गरिनुका साथै विभिन्न जनजातीहरुको पहिचान झल्कने गरि बहुसांस्कृतिक ग्राम स्थापना गरिने रहेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top